वीरगन्ज । पर्सा प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित ४ जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरबाट सो रकमसहित भारतको विहार जिल्ला सितामढी थाना डुमराका २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ का ३२ वर्षीय उपेन्द्र साह र २६ वर्षीय सागरकुमार सर्साफ र पर्साको विन्दवासिनी गाउँपालिका–१ का २५ वर्षीय राहुतकुमार गुप्तालाई पक्राउ गरेको हो ।
प्रदेश २–०३–००३ प७२१५ र ना५७प५१८२ नम्बरको मोटरसाइकल खानतलासी गर्दा सो रकम बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट १००० दरका ४००५ थान, ५०० दरका २३५३, १०० दरका ६४३ र ५० दरका ८४ थान गरी ५२ लाख ५० हजार रुपैयाँ बरामद गरेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)
सम्बन्धित समाचार
प्रहरीद्वारा भन्सार छली गरेर ल्याइएका सिलाइ सामग्री बरामद
व्यवसायी गोल्छा एक करोड धरौटीमा रिहा
रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान
प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै
नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वकार्यकारी अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध
जेनजी आन्दोलनमा भरतपुर कारागारबाट भागेका कैदी भरुवा बन्दुकसहित पक्राउ
जुवाको खालबाट ५७ जना जुवाडे पक्राउ






