जेनजी आन्दोलनमा भरतपुर कारागारबाट भागेका कैदी भरुवा बन्दुकसहित पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा चितवनको भरतपुर कारागारबाट भागेका व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी चन्द्रभुषण यादवका अनुसार, ४५ वर्षीय आइतसिंह लामालाई चितवनको राप्ती नगरपालिका–११ थाकलटारस्थित उनकै घरबाट आइतबार बिहान सवा ३ बजे पक्राउ गरिएको हो ।

लामाको साथबाट प्रहरीले भरूवा बन्दुकसमेत बरामद गरेको छ । उनी २४ भदौमा भरतपुर कारागारबाट भागेका थिए ।

एकसिंगे गैँडा मारेको कुसरमा उनीमाथि १५ वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना तोकिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 30 times, 1 visits today)

epaper

ताजा समाचार

सप्तरीको राजविराज र बोदेबरसाइनमा कर्फ्यु हटाएर निषेधाज्ञा जारी