जुवाको खालबाट ५७ जना जुवाडे पक्राउ

काठमाडौं । चितवनका विभिन्न स्थानबाट साउन महिनामा ५७ जना जुवाडे पक्राउ परेका छन्। उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद गरिएको छ।

जिल्लाका विभिन्न पाँच स्थानबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादवले जानकारी दिए।

पक्राउ परेका सबैलाई जुवा कसुरअन्तर्गत कारबाहीका लागि अनुसन्धान भइरहेको छ। कतिपय मुद्दा अनुसन्धान सकेर जिल्ला प्रशासन कार्यालय पठाइसकिएको यादवले बताए ।

कार्यालयले गत आर्थिक वर्षमा १०१ जना जुवाडे पक्राउ गरी कारबाही गरेको थियो। उनीहरूबाट रु १२ लाख नौ हजार ३६५ बरामद गरिएको थियो। उनीहरूलाई समेत जुवा कसुरमा कारबाही गरिएको थियो। पछिल्लो समय जुवा खेल्ने स्थानमा प्रहरीले खोजतलास बढाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

epaper

ताजा समाचार

ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु