जापान पठाउने भन्दै २ करोड ८० लाख रुपैयाँ ठगेको अभियोगमा पक्राउ

काठमाडौं । जापान पठाइदिन्छु भन्दै तीन करोड रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

११५ जनाबाट २ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले सोमबार बुटवलबाट एक युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–७ चांगाथली बस्ने २९ वर्षीय प्रतीक बुढाथोकी रहेका छन् । रकम उठाएर जापान नपठाएको भन्दै उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई वैदेशिक रोजगार विभागबाट जारी भएको पक्राउ पुर्जीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले गेटश्वी एन्टरनेशनल प्रालि नामको कन्सल्टेन्सीमार्फत् १ सय १५ जनालाई जापान पठाइदिने भन्दै उनीहरूबाट कुल २ करोड ८० लाख रुपैयाँ रकम लिएको प्रहरीले जनाएको छ ।

बुढाथोकीमाथि वैदेशिक रोजगारसम्बन्धी ठगीको कसुरमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 67 times, 1 visits today)

epaper

ताजा समाचार

२२ वर्षपछि तीज गीतमार्फत गायिका संगीता भण्डारीको पुनरागमन