सांसद सुनारले अपमान गरेपछि आइजीपी कार्कीले सभामुख भेटदै

काठमाडौं । संसदीय समितिको बैठकमा आफु माथी दुर्ब्यावहार भएको भन्दै प्रहरी महानिरिक्षक दानबहादुर कार्कीले सभामुख डोलप्रसाद अर्यालसँग भेटघाट गर्दैछन् ।

उनले आज दिउँसो भेटघाटका लागि समय माग गरेको प्रतिनिधिसभाका सभामुख अर्यालको सचिवालयले जानकारी दिएको छ।

केही दिन अघि सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले आफू माथि गरेको व्यवहार’bout ध्यानाकर्षण गराउन प्रहरी महानिरीक्षक कार्कीले सभामुख अर्यालसँग भेटघाट हुन लागेको हो ।

सांसद सुनारले निर्वाचन प्रहरीको पोसाक खरिदमा भ्रष्टाचारको आरोप लगाउँदै आइजिपी कार्कीमाथि ‘अमर्यादित’ टिप्पणी गरे पछि कार्कीसहित उपस्थित सांसदले सुनारको ब्यवहारको आलोचना गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 186 times, 1 visits today)

epaper

ताजा समाचार

सुदूरका मुख्यमन्त्री भट्टले लिए शपथ