समापन समारोहमा किन गएनन् पूर्णबहादुर र शेखर

काठमाडौं । नेपाली कांग्रेसको इतरसमूहको भेलामा नेता पुर्व उपसभापति पूर्णबहादुर खड्का र शेखर कोइराला अनुपस्थित भएका छन् ।भेलाको उद्घाटन समारोहमा भने दुवैजना नेता उपस्थित भए पनि समापन समारोहमा नगएका हुन्।

भेलाले नेता शशांक कोइरालालाई नै महाधिवेशनसँग सम्बन्धित सबै क्रियाकलाप अघि बढाउन जिम्मेवारी दिएको छ । पूर्वसभापति शेरबहादुर देउवाकै नेतृत्वमा महाधिवेशनमा जाने निर्णयसमेत सो समूहले गरेको छ ।

“पूर्णबहादुर खड्का र नेता शेखर कोइराला दुवैजना समापन समारोहमा उपस्थित हुनुभएन,” सहभागी एक प्रतिनिधिले भने ।

तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)

epaper

ताजा समाचार

नेफ्स्कुन पत्रकारिता पुरस्कार राजधानीकर्मी तिमल्सिनालाई