कोशीमा मुख्यमन्त्रीवाट हिक्मतलाई हटाएर छाडिन्छः इन्चार्ज शेरधन

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्री पदबाट हिक्मत कार्कीलाई हटाएर छाड्ने शेरधन राईको अभिव्यक्ति सार्वजनिक भएको छ । कोशी प्रदेश इन्चार्जसमेत रहेका राईले सिधै कार्कीलाई पदबाट हटाउने भनेका छैनन, पार्टी निर्णयअनुसार अघि बढ्ने भनेका छन् । पार्टी निर्णय भनेको अध्यक्ष केपी ओलीको चाहना हो । उनको चाहना कार्कीलाई पदबाट हटाएर मनोज म्याङ्बोलाई मुख्यमन्त्री बनाउने हो ।

सञ्चारकर्मीसँग कुरा गर्दै राईले कूटनीतिक ढंगले वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीलाई नै निरन्तरता दिने वा नयाँ नेतृत्व चयन गर्ने भन्ने विषयमा अन्तिम निर्णय भई नसकेको बताए। उनले यो विषय पूर्ण रूपमा पार्टीको आन्तरिक निर्णयसँग सम्बन्धित रहेको स्पष्ट पारे।

राईका अनुसार नेकपासँग भएको ३ बुँदे सहमति अनुसार कोशी प्रदेश सरकारको पुनर्गठन एमालेकै नेतृत्वमा हुने सहमति छ। त्यसअनुसार आवश्यक निर्णय पार्टीको संस्थागत प्रक्रियाबाट अघि बढ्ने उनले बताए।

मुख्यमन्त्री चयनको विषयमा पार्टीको निर्णय नै अन्तिम हुने उल्लेख गर्दै उनले संसदीय दल र पार्टी संगठन दुवै पार्टीको नीति, निर्देशन र निर्णयअनुसार सञ्चालन हुने धारणा व्यक्त गरे। उनले आफू पार्टीको सचिव र प्रदेश इन्चार्जको जिम्मेवारीमा रहेकाले पार्टीले गर्ने निर्णय कार्यान्वयन गर्नु आफ्नो दायित्व भएको बताए।

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)

epaper

ताजा समाचार

पहिरो प्रभावमा कालिका मावि, अस्थायी टहरामा पठनपाठन