मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच सहमति भएसँगै व्यवसायीहरूले घोषणा गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् । साउन २२ गते १५ बुँदे माग राखी आन्दोलन सुरु गरेको संघले आज (भदौ १ गते) देखि गन्तव्य मुलुकमा श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेको थियो ।

आज मन्त्रालयमा मन्त्री रामजी यादवको उपस्थितिमा संघका अध्यक्ष तथा पदाधिकारीहरूसँग भएको छलफलमा व्यवसायीका मागहरू सम्बोधन गर्ने सहमति भएको हो ।

छलफलका क्रममा संघले राखेका १५ बुँदे मागमध्ये अधिकांश नीतिगत सम्बोधनका विषय भएको र ती मागलाई वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनको प्रक्रियामा समावेश गरिसकिएको जानकारी गराइएको छ ।

वैदेशिक रोजगारीको क्षेत्रलाई पारदर्शी, सुरक्षित र मर्यादित बनाउन उक्त संशोधन प्रक्रियालाई यथाशक्य छिटो टुंग्याउन मन्त्रालय र संघ दुवैले अधिकतम प्रयत्न गर्ने सहमति भएको छ ।

यस्तै, व्यवसायीहरूका अन्य मागका सन्दर्भमा आवश्यक प्रमाण र कागजातसहित वैदेशिक रोजगार विभागमा अनुरोध गरेमा विभागले प्रशासनिक सहजीकरण गर्ने र विभागबाट समाधान नभएका विषयमा रीतपूर्वक मन्त्रालयमा पुनरावेदन दिन सक्ने व्यवस्थाका ’boutमा पनि छलफलमा स्पष्ट पारिएको छ ।

सहमति जुटेसँगै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आजकै मितिदेखि आफ्ना सबै दबाबमूलक कार्यक्रम अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)

epaper

ताजा समाचार

ऊर्जामन्त्री श्रेष्ठको सल्लाहकारमा तीन जना थपिए