अनुदान शिक्षक, बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र सहयोगीको तलब बढ्यो

काठमाडौं । सरकारले प्रारम्भिक बाल विकास (ईसीडी) सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको तलब वृद्धि गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजारका दरले वृद्धि गर्ने निर्णय भएको प्रवक्ता सस्मित पोखरेलले बताए।

बैठकले माध्यमिक तह (कक्षा ९–१०) र आधारभूत तह (कक्षा ६–८) मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीको तलब बराबर कायम गर्ने निर्णय समेत गरेको छ।

तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)

epaper

ताजा समाचार

चन्द्रनिगाहपुरमा टिभिएस मोर्टसको अर्बिटर इलेक्ट्रिक स्कुटर सार्वजनिक