कर्णाली प्रदेश मन्त्रालय बाँडफाँटमा सहमति : नेकपालाई मुख्यमन्त्रीसहित चार र एमालेलाई तीन मन्त्रालय

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र एमालेबीच बुधबार कर्णाली प्रदेशको मन्त्रालय बाँडफाँटमा सहमति जुटेको छ ।
सरकार गठन र सञ्चालनसम्बन्धी भएको सहमतिपत्रमा नेकपाका तर्फबाट संसदीय दलका नेता तथा मुख्यमन्त्री मंगलबहादुर शाही र एमालेका तर्फबाट संसदीय दलका नेता यामलाल कँडेलले हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार, प्रदेश सरकारमा नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय र एमालेले तीन मन्त्रालयको जिम्मेवारी पाउने भएको छ ।

सहमतिअनुसार नेकपाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हाल्नेछ ।

त्यसैगरी एमालेको भागमा आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय परेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

epaper

ताजा समाचार

गृहमन्त्री भन्छन् : आफ्ना मतदातासँग जोक गर्न हुँदैन त ?