सर्लाहीमा सशस्त्रसँगको झडपमा एक भारतीयको मृत्यु, सशस्त्रका तीन जना घाइते, सशस्त्रको एउटा एसएलआर लुटियो

Rajdhani Rastriya Dainik | Online Nepali News Portal
Rajdhani Rastriya Dainik | Online Nepali News Portal

काठमाडौं । सर्लाहीमा भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीसँग झडप भएको छ । पर्सा गाउँपालिका– ३, नारायणपुरमा भारतीय नागरिकहरु नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्रले अवरोध खडा गरेको थियो ।

तर भारतीय नागरिकले सशस्त्र प्रहरीका हतियार खोस्न थालेपछि भएको प्रत्याक्रमणमा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । मृतकको पहिचान खुलेको छैन । सो घटनामा सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन् भने सशस्त्रको एउटा एसएलआर हतियार लुटिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 188 times, 1 visits today)

epaper

ताजा समाचार

अन्तर्राष्ट्रिय फुटबल खेल्न सिसिएसका खेलाडी लखनउ प्रस्थान