बागमतीमा ७ सदस्यीय मन्त्रिमण्डल बिस्तार

मकवानपुर । बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर नियुक्त भएका छन् । उनले ७ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका छन् । केन्द्रको निर्णय अवज्ञा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सरकारमा सहभागी भएको छ ।

नेकपाबाट सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री, नेकपा एमालेबाट भरत केसी भौतिक तथा पूर्बाधार मन्त्री र ज्ञानबहादुर तामाङ विना विभागीय मन्त्री, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट राजु विष्ट खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री, राजेन्द्र प्रजापति उधोग पर्यटन श्रम तथा रोजगार मन्त्री, गिरबहादुर तामाङ स्वास्थ्य तथा सामाजिक विकास मन्त्री बनेका छन् । उनीहरुले प्रदेशप्रमुख देवकोटा सामु पद तथा गोपनीयताको सपथ लिएका छन् ।

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपाका संसदीय दलका नेताको समर्थनमा थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा १६८(२) अनुसार थापालाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

नियुक्तिलगत्तै प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्री किरण थापा मगरलाई पद तथा गोपनियताको सपथ गराएका छन् ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई ४ भदौ बिहीबार अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस आव्हान गरेका थिए । बुधबार दाबी पेश गरिए अनुसार नै थापा नियुक्त भएका हुन् । १०४ जना सभासद रहेको बागमतीमा थापाले तीन दलका ६३ जनाको समर्थनमा बुधबार दाबी पेस गरेका थिए ।

सपथ ग्रहण कार्यक्रम बागमती प्रदेश उपसभामुख अप्सरा चापागाइ, पूर्वमुख्यमन्त्री डारमणि पोेडेल, प्रदेश प्रमुख सचिव कमलप्रसाद भट्टराई, पुर्व मुख्यमन्त्री शालिकराम जमरक्कटेल, प्रदेश सभा सचिव रामकुमार पौडेल, प्रदेश महान्यायाधिवक्ता अप्सरा बस्नेत, नेकपा एमाले प्रदेश इन्चार्ज महेष बस्नेत, नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगनाथ थपलिया, सुरक्षा निकायका प्रदेश स्तरिय प्रमुखहरु, सुरक्षा निकायका जिल्ला प्रमुखहरुको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 124 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्ने