काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बिहान ११ बजे बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समितिका सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको समितिका सचिव दिनेश थापामगरले जानकारी दिएका छन् ।
यसैगरी कांग्रेसको आगामी असोज १६ गतेदेखि १९ गतेसम्म हुने १५औँ केन्द्रीय महाधिवेशनका सन्दर्भमा जिल्ला निर्वाचन अधिकृतसँगको ‘भर्चुअल’ बैठक गर्ने सचिव थापामगरले बताए ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले प्रकाशित निर्वाचन कार्यतालिकाबमोजिम विभिन्न जिल्लामा निर्वाचन सम्पन्न गर्न तोकिएका निर्वाचन अधिकृतसँगको यही भदौ ६ गते भर्चुअल बैठक गर्ने समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए ।
तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)
सम्बन्धित समाचार
पाँच बुँदे निष्कर्षसहित कांग्रेस संस्थापन इतरपक्षको सम्मेलन सम्पन्न
पूर्वाधारमन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो
रास्वापा सभापति लामिछानेले बोलाए केन्द्रीय समिति बैठक
प्रधानमन्त्रीलाई जवाफ दिन सभामुखको रुलिङ
पार्टीको असन्तुष्ट समूहसँग संवादमा छु : सभापति थापा
लुम्बिनी सरकारको कदमप्रति ‘अग्रगामी मोर्चा’को आपत्ति
मन्त्री फेर्ने कुनै तयारी’bout के भन्छन् रास्वापा सभापति लामिछाने ?
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश






