काठमाडौं । बितेका चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी विपद्का घटना भएका तथा तिनमा २५० जनाको मृत्यु भएको छ ।
गत १ वैशाखदेखि ५ भदौसम्म देशभर पाँच हजार १४ विपद्का घटना भएका छन् । ती घटनामा २५० जनाको मृत्यु, आठ जना बेपत्ता र एक हजार ६०७ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्बाट सो अवधिमा छ हजार २७२ परिवार प्रभावित भएका छन् ।
यस अवधिमा सबैभन्दा बढी आगलागीका एक हजार १३६ घटना भएका छन् । यसैगरी, पहिरोका एक हजार ११, सर्पदंशका एक हजार १०, हावाहुरीका ४८०, चट्याङका २४५, बाढीका २७३ र भारी वर्षाका ३२० घटना भएका छन् ।
प्राधिकरणका अनुसार भदौ ५ गते बिहान ११ः०० बजेसम्म अद्यावधिक भएको विवरणमा जनावरको आक्रमणका २७२, लेक लाग्ने ५९, हिमपहिरोका दुई, डुंगा पल्टिने एक, वन डढेलोका १९१, विस्फोटनको एक, असिनाका चार र भूकम्पका चार घटना भएका उल्लेख छ ।
यही ४ भदौदेखि ५ भदौ बिहान ८ बजेसम्मको विवरणअनुसार देशका विभिन्न भागमा ३३ विपद्का घटना भएका छन् । ती घटनामा एक जनाको मृत्यु, एक जना बेपत्ता र २३ जना घाइते भएका छन् भने १४५ जना प्रभावित भएका छन् ।
प्राधिकरणले त्यस अवधिमा विपद्का कारण अनुमानित नौ लाख ७२ हजार रुपैयाँबराबरको क्षति भएको तथा दुई स्थानमा सडक अवरुद्ध भएको जनाएको छ ।
सम्बन्धित समाचार
देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित
भक्तपुरमा एक सिलिण्डर खाना पकाउने एलपी ग्यासको ७ हजार रुपैयाँ
भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता, दुई घाइते
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
रोल्पा पहिरो अपडेट : मृत्यु हुनेको संख्या सात पुग्यो, पाँच जना अझै बेपत्ता
हराएका बालबालिका खोजतलासमा सरकारको सक्रियता : ८,७२४ मध्ये ८,४३८ फेला, विशेष अभियान सञ्चालन गर्ने तयारी
बाजुरामा पहिरोले घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते
ठमेल अब २४सै घण्टा सञ्चालन हुने, यस्ता छन् सर्त






