मनाङ र मुस्ताङ जिल्ला नेपालले गुमाउन सक्ने दुर्गा प्रसाईंको चेतावनी

काठमाडौं । मनाङ र मुस्ताङ जिल्ला नेपालले गुमाउन सक्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईंले चेतावनी दिएका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रसाईंले नेपाललाई तिब्बत मामिलामा प्रयोग गर्ने वा शक्ति राष्ट्रहरूको प्रोक्सी द्वन्द्वको मैदान बनाउने प्रयास स्वीकार्य नहुने उल्लेख गरेका छन् ।

उनले प्रधानमन्त्री बालेन्द्र शाहको मुस्ताङ भ्रमणलाई बाह्य शक्तिहरूले आफ्नो रणनीतिक स्वार्थका लागि प्रयोग गर्न खोजेको दाबी गर्दै त्यसको असर नेपालका हिमाली जिल्लासम्म पर्न सक्ने बताएका छन् ।

उनले प्रधानमन्त्री शाहको लोकप्रियता र मुस्ताङ भ्रमणलाई अन्तर्राष्ट्रिय शक्तिहरूले हिमाली क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्ने माध्यम बनाउन खोजेको आरोप लगाए । यस’bout प्रधानमन्त्री स्वयं जानकार छन् कि छैनन् भन्ने प्रश्नसमेत उनले उठाएका छन् ।

सरकारले यस्ता गतिविधि नरोकिए नेपालका हिमाली जिल्ला मनाङ र मुस्ताङ जुनसुकै बेला गुम्न सक्ने दाबी गर्दै त्यसको जिम्मेवारी वर्तमान सरकारले लिनुपर्ने प्रसाईंको चेतावनी छ ।

प्रसाईंले नेपालको उत्तरी सीमा र भू–राजनीतिक संवेदनशीलताको चर्चा गर्दै ऐतिहासिक बेत्रावती सन्धि, सीमा क्षेत्रमा २० किलोमिटर निशस्त्रीकरणको अवधारणा, थापाथली सन्धि तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पारवहन प्रोटोकल सम्झौतालगायतका विषय पनि उल्लेख गरेका छन् ।

उनले पछिल्लो समय विश्व राजनीतिमा ‘प्याक्स सिलिका’, महत्वपूर्ण खनिज तथा मुस्ताङमा युरेनियम उत्खननसँग जोडिएका चर्चा र रणनीतिक चासो बढेको दाबीसमेत गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 337 times, 1 visits today)

epaper

ताजा समाचार

तोलामा २ हजार ८ सयले बढ्यो सुन, कतिमा हुँदैछ आज कारोबार ?