तोलामा २ हजार ८ सयले बढ्यो सुन, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आज (आइतबार) पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको हो । शुक्रबार पनि सुनको मूल्य ३ हजार ३ सयले बढेको थियो ।

अघिल्लो साताको अन्तिम कारोबार दिन अर्थात शुक्रबार ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ८ सयले बढेर ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले घटेको हो ।

शुक्रबार ४ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर ४ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 118 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ