गरिमा हत्या प्रकरणमा राज्य सम्वेदनशील नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपीन आचार्यले गरिमा चौधरी हत्या प्रकरणमा सरकारको असंबेदनशिलताका  ’boutमा प्रश्न उठाएका छन् ।

गरिमाको जघन्य हत्या प्रकरणमा आरोपीको भिडियो सार्बजनिक भएको र शालिक बनमउने बिषयमा सर्बत्र आलोचना भईरहेको बेला राज्य र समाज संवेदनशील नबनेको भन्दै प्रश्न उठाएका हुन्। 

आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै सो घटना पछि मृतकका परिवार र अभियुक्तको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भन्दै आपत्तिसमेत जनाएका छन् 

`हामीले कस्तो समाज बनाइरहेका छौँ ? भन्दै प्रश्न गर्दै भने, ‘मृतकको बुवाआमाले धन्यवाद भनेको भिडिओ मन्त्रालयमा खिचिन्छ र कतै मेडिकल गर्दै गर्दा अभियुक्तले बोलेको कुराहरूलाई सार्वजनिक तरिकाले पब्लिकमा राखिन्छ । यस्तो समाज बन्द गरिनुपर्छ ।’ उनले राज्यले गोपनिय राख्नु पर्ने बिषय सामाजिक सञ्जालमा भाईरल गराएको भन्दै आपत्तिसमेत जनाएका छन्। 

तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)

epaper

ताजा समाचार

स्वस्थ बुढ्यौली र हजुरआमाको सम्मानका लागि ‘दौडिन्छिन् हजुरआमा’