काठमाडौंं । कांग्रेस सांसद खड्ग शाहीले प्रधानमन्त्रीको मुस्ताङ भ्रमणका बेलामा अमेरिकी प्रतिनिधिसँग भेट भए/नभएको’bout प्रश्न उठेको छ। नेपाली कांग्रेसका सांसद खडग शाहीले आजको बैठकमा अमेरिकी अधिकारी मुस्ताङ पुगेको कुरा बाहिरिएको भन्दै प्रश्न उठाएका हुन ।
“प्रधानमन्त्रीको मुस्ताङ भ्रमणलाई निजी भ्रमण भनिएको छ । तर, सोही समयमा अमेरिकी पक्षका प्रतिनिधि मुस्ताङ पुगेको चर्चा सार्वजनिक भएको छ,” उनले भने । अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर नेपालमा रहेको पुष्टि भएको उनले दाबी गरेका छन ।
प्रधानमन्त्री मुस्ताङ जानुको उद्देश्य’bout सरकारले जानकारी नगराएको भन्दै उनको प्रश्न छ । “अमेरिकी प्रतिनिधि को–को मुस्ताङ पुगेका थिए ? उनीहरूको पद र जिम्मेवारी के हो ? उनीहरू मुस्ताङ किन गएका हुन् ? प्रधानमन्त्रीज्यू र अमेरिकी प्रतिनिधिबीच मुस्ताङमा छलफल भएको हो वा होइन ?,” सांसद शाहीको प्रश्न छ।
जनतालाई प्रधानमन्त्रीले तथ्य जानकारी गराउनुपर्ने उनले बताए ।
सम्बन्धित समाचार
बागमतीका मुख्यमन्त्री बानियाँले ३ भदौभित्र विश्वासको मत लिने, पाउँलान् त ?
कोशीबाट कांग्रेसका ५ मन्त्रीले दिए सामूहिक राजीनामा
कांग्रेसको वैधानिक सभापति देउवा नै हुन् : डा. कोइराला
कांग्रेस जोगाउन ‘विधान निलम्बन’ प्रस्ताव
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
पूर्वसञ्चारमन्त्री खरेलले स्मार्ट टेलिकमको फाइल २ महिना रोकेको खुलासा
सरकार र नागरिक बचाउ महाअभियानबीच १४ बुँदे सहमति
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो






