बाँके। ज्येष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्य’bout सचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ कार्यक्रमको दोस्रो संस्करण आयोजना हुने भएको छ।
दैनिक नेपालगञ्जको प्रकाशन संस्था सम्यक हब मिडिया प्रालि र नाटा बाँके च्याप्टरको आयोजनामा भदौ २१ गते हुने कार्यक्रममा ५० वर्ष उमेर पूरा गरेका ज्येष्ठ महिलाबीच दौड प्रतियोगिता हुनेछ।
आयोजक संस्थाका प्रकाशक तथा सम्पादक झलक गैरेका अनुसार कार्यक्रममा सहभागिताका लागि आगामी आइतबारदेखि दर्ता खुला गरिनेछ। कार्यक्रमलाई ज्येष्ठ महिलाको शारीरिक सक्रियता, आत्मविश्वास, सामाजिक सहभागिता र मनोसामाजिक खुसी प्रवर्द्धन गर्ने सामाजिक अभियानका रूपमा अघि बढाइनेछ।
प्रतियोगिता नेपालगञ्जको बीपी चोकदेखि धम्बोझी चोकसम्मको एक हजार एक मिटर दूरीमा सञ्चालन हुनेछ। आयोजकका अनुसार प्रतियोगितामा जित–हारभन्दा आफ्नो उमेर र क्षमतामाथि विश्वास गर्दै सक्रिय जीवनको उत्सव मनाउने विषयलाई प्राथमिकता दिइएको छ।
दौडअघि स्वास्थ्य शिविरसमेत सञ्चालन गरिनेछ। शिविरमा ज्येष्ठ महिलाको स्वास्थ्य परीक्षण तथा आवश्यक स्वास्थ्य परामर्श उपलब्ध गराइनेछ।
यसअघि आयोजित पहिलो संस्करणमा १५० भन्दा बढी हजुरआमाको सहभागिता रहेको थियो। पहिलो संस्करणमा देखिएको उत्साह, सहभागिता र आत्मविश्वासले कार्यक्रमलाई थप विस्तार गर्न प्रेरणा दिएको आयोजकले जनाएको छ।
यस वर्ष भने कार्यक्रमलाई दौड प्रतियोगितामा मात्र सीमित नराखी अन्तरपुस्ता संवादको स्वरूपसमेत दिइने भएको छ। कार्यक्रममा हजुरआमा र नयाँ पुस्ताका ५० भन्दा बढी सन्तानबीच संवाद हुनेछ।
संवादका क्रममा हजुरआमाहरूले आफ्ना जीवनका सङ्घर्ष, अनुभव, सपना, सिकाइ र भोगाइ नयाँ पुस्तासँग साझा गर्नेछन्। यसबाट नयाँ पुस्ताले अग्रजका अनुभव र ज्ञानलाई नजिकबाट बुझ्ने अवसर पाउने आयोजकको विश्वास छ।
सम्पादक गैरेले ‘दौडिन्छिन् हजुरआमा’ दौड प्रतियोगितामात्र नभई हजुरआमाको सम्मान, स्वस्थ बुढ्यौली प्रवर्द्धन तथा अन्तरपुस्ता सम्बन्धलाई आत्मीय बनाउने सामाजिक अभियान भएको बताए।
सम्बन्धित समाचार
कास्की अन्नपूर्णवासीको निःशुल्क स्वास्थ्य बीमा
पन्ध्र जनामा औलो रोगको सङ्क्रमण
कोशीमा विद्यालय शिक्षक-कर्मचारीका पेशागत समस्या र नीतिगत समाधान’bout नीति संवाद
विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल
मोबाइलबाटै ओपीडी टिकट, लाइन बस्नुपर्ने बाध्यताको अन्त्य
नेपालमा पहिलो पटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण
एचआइभीका नयाँ रोगी पहिचान






