काठमाडौं । सर्वोच्च अदालतका सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले कांग्रेस महाधिवेशनसँग सम्बन्धित दुईवटा रिट प्राप्त भएको बताएका छन् । ‘कांग्रेस महाधिवेशनसँग सम्बन्धित दुईवटा रिट आएको छ,’ उनले भने, ‘हामी अध्ययनकै क्रममा छौँ ।’ देउवा र खड्काले निर्वाचन समितिले सार्वजनिक गरेको कांग्रेस महाधिवेशन कार्यतालिका बदर गरी त्यसलाई कार्यान्वयनमा रोक लगाउन माग गरेका छन् ।
यसअघि पनि भदौ ५ गते देउवा पक्ष सर्वोच्च अदालत पुगेको थियो । तर, रिटमा केही विषय सच्याउनुपर्ने भएपछि त्यसलाई फिर्ता लगिएको थियो ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका छन् । देउवा र खड्काले वारेसमार्फत सोमबार छुट्टाछुट्टै रिट दायर गरेका हुन् ।
दुवैले कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको महाधिवेशनसम्बन्धी निर्वाचन कार्यतालिका बदर गर्न माग गरेका छन् । कांग्रेस केन्द्रीय समितिले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका तय गरेको थियो । सोही कार्यतालिकालाई यथावत् राख्दै केन्द्रीय निर्वाचन समितिले भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु गर्ने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरेको थियो ।
उक्त निर्वाचन कार्यक्रमविरुद्ध देउवा र खड्का सर्वोच्च पुगेका हुन् । यसअघि विशेष महाधिवेशनसम्बन्धी सर्वोच्च अदालतको फैसलामा पुनरवलोकन माग गर्दै देउवा र खड्काले निवेदन दिएका थिए । सर्वोच्चले पुनरवलोकनको अनुमति दिइसकेको छ । उक्त मुद्दाको अन्तिम टुंगो नलागेसम्म पार्टीको महाधिवेशन गर्न नहुने देउवा, खड्कासहित संस्थापनइतर पक्षको जिकिर छ ।
सम्बन्धित समाचार
जनआस्था सम्पादक किशोर श्रेष्ठ पक्राउ
देउवाकै नेतृत्वमा कांग्रेस अगाडि बढ्छ: शशांक कोइराला
कांग्रेसमा सानेपा भर्सेज चुनदेवी
सभापति थापाको नेतृत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन
कांग्रेस महाधिवेशन कार्यतालिका सार्वजनिक, २४ भदौमा गाउँ–नगरको वडा अधिवेशन
बागमतीमा एमालेलाई नेकपा र राप्रपाको समर्थन, आजै थापा मुख्यमन्त्री बन्ने
मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक
गरिमा हत्या प्रकरणमा राज्य सम्वेदनशील नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति






