काठमाडौं । सरकारले गठन गरेको वीरगञ्जस्थित चिनी मिल कारखाना अध्ययन कार्यदलले चिनी मिल क्षेत्रको स्थलगत अध्ययन गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सिनियर डिभिजन इञ्जिनियर (सीडीई) श्रीकान्त यादवको संयोजकत्वको कार्यदलले पिपरास्थित मिलको स्थलगत अनुगमन गरेको थियो ।
त्यस अवसरमा कारखाना भवनसहितका भौतिक संरचना, मेसिनरी तथा पार्टपुर्जाको वर्तमान अवस्था र उपयोगको सम्भावना’bout अध्ययन गरेको कार्यदलका संयोजक यादवले बताए ।
सरकारले यही १ भदौमा उक्त कारखाना पुनःसञ्चालनको सम्भाव्यता अध्ययन गर्न यादवको संयोजकत्वमा आपूर्ति मन्त्रालयका शाखा अधिकृत ज्योति पौडेल र मन्त्रालयका सल्लाहकार श्याम शर्मा सदस्य रहेको कार्यदल गठन गरेको थियो ।
कार्यदलले १५ दिनभित्र कारखानाको वर्तमान अवस्था अध्ययन गरी पुनःसञ्चालनको सम्भाव्यता र आवश्यक कार्ययोजना तयार गरी सरकारलाई सुझावसहितको प्रतिवेदन दिनेछ ।
सम्बन्धित समाचार
कपिलवस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन
रौतहटको लालबकैया नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता
रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता
विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिने
महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण
जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो
विभिन्न ठाउँमा पहिरोले विभिन्न सडक अवरुद्ध
बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा






