रौतहटको लालबकैया नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका-२ लक्ष्मिनियास्थित लालबकैया नदीमा नुहाउन गएका तीन बालबालिका मंगलबार दिउँसोदेखि बेपत्ता छन् ।

दिउँसो करिब १ः५० बजे नदीमा नुहाउने क्रममा उनीहरू डुबेर बेपत्ता भएको खबर पाएलगत्तै सुरक्षाकर्मी घटनास्थल पुगे पनि बालबालिकाको अवस्था अझै अज्ञात छ ।

बेपत्ता हुनेमा स्थानीय शेख अमरे आलमका १० वर्षीय छोरा मोहम्मद रमतुल्लाह, शेख खुरौसेदकी १० वर्षीया छोरी रौशन खातुन र शेख ओसि अख्तरकी १० वर्षीया छोरी सवनम खातुन रहेका छन् ।

घटना थाहा पाएपछि सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश देवाहीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भक्तबहादुर शाहीको कमाण्डमा सात जना र इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको कमाण्डमा १६ जनाको टोली घटनास्थलमा खटिएको छ ।

तर, सामान्य खोजीले मात्रै बालबालिका नभेटिएपछि उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भीमबहादुर पुनको कमाण्डमा नौ जनाको डाइभिङ तथा उद्धार टोली रबर बोटसहित घटनास्थलतर्फ पठाइएको छ ।

बालबालिका बेपत्ता भएपछि घटनास्थलमा परिवारजनको रुवाबासी चलेको छ । सुरक्षाकर्मीसँगै स्थानीय बासिन्दासमेत लालबकैया नदीमा बालबालिकाको खोजीमा जुटेका छन् ।

नदीमा पानीको बहाव र गहिराइका कारण खोजी कार्यमा कठिनाइ भइरहेको बताइएको छ । प्रहरीले बेपत्ता तीनै बालबालिकाको खोजी कार्य जारी राखेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)

epaper

ताजा समाचार

वडाध्यक्ष महतो पक्राउ