गर्भकै नीतिको आडमा राजश्व कार्यालय सिमराको कार्य सम्पादन

वीरगन्ज । मौजुदा ऐन कानूनको कडा कार्यान्वयनका भरमा राज्यका संयन्त्रहरु सकृय हुने कुरा घाम झैं छर्लङ्ग छ । झन् बालेन शाह नेतृत्वको सरकार ‘पुराना दल र पहिलेका सरकार’भन्दा मौजुदा ऐन कानून कार्यान्वयनमा खरो उत्रिरहेको छ ।

तर उसैको मातहतको आन्तरिक राजश्व कार्यालय सिमरा बारा भने सरकारको लक्ष्य विपरित मौजुदा ऐन कानून कार्यान्वयनभन्दा नयाँ बन्ने कानूनको आडमा मदिरा उत्पादक उद्योगहरुका कमजोरी लुकाउन सघाइरहेको खुलेको हो ।

मदिरा तथा बियरको उत्पादन, स्टिकर प्याकिङ्ग र विक्री वितरण सम्बन्धी नयाँ ऐन तथा निर्देशिका बन्ने कुरा अझै निर्माणको गर्भमा छ । तर तयारी मदिराको बोत्तलमा प्रयोग हुने स्टिकर प्रयोग र ग्रेण्डिङ्ग गरी फरक कम्पनीका बोतल प्रयोग गरेको बिषयमा समेत आन्तरिक राजश्व कार्यालय सिमरा बारा भने डिजिटल्ली निगरानी राखिरहेको भनी पन्छिने गरेको भेटिएको हो ।

मदिरा उत्पादक कम्पनीहरुले प्रयोग गर्ने स्टिकर र अव्यावहारिक बोतल प्रयोग ’bout सिमरा बाराका आन्तरिक राजश्व कार्यालयका प्रमुख दिनेश पाण्डेले ‘नयाँ कानून आउँदै छ’ भनी कुरा बग्याए । मौजुदा नीतिमा भने ‘भौतिक उपस्थिति विना डिजिटल्ली निगरानीबाट काम गर्न आन्तरिक राजश्व कार्यालय (आराका) लाई राजश्व विभागले छुट नदिएको खुलेको छ ।

तर आराका बाराका कार्यालय प्रमुख पाण्डे भने ‘डिजिटल्ली ऐन निर्देशिका कै आधारमा ‘उद्योगमा जनशक्ति डम्प गरेर राख्नु भन्दा डिजिटल्ली प्रयोग गरिरहेका छौं’ भन्छन् ।

कर्मचारीको उपस्थिति उद्योगमा हुनै पर्छ: विभाग
राजश्व विभागले भने मदिराजन्य कुनै पनि उद्योगमा राजश्वको कर्मचारी अनिवार्य राख्नु पर्ने, जनशक्ति कम भए माग गर्ने भनी सम्बन्धित कार्यालयहरुलाई गएको माघ फागुन तिर पनि परिपत्र गरिएको दावी गरेको छ । विभागका सूचना अधिकारी तथा निर्देशक केशव रघुवंशीले पनि मदिराको टिकट प्रयोग गर्दा राजश्वको कर्मचारी विना कुनै कम्पनीले प्रयोग गर्न छुट नभएको बताउँछन् ।

अन्तःशुल्कका ’bout अलि बढि जानकार विभागका शाखा अधिकृत प्रेम तिम्सिनाले पनि उद्योगमा कर्मचारी हुने पर्ने तर्क गर्छन् । ग्रेण्डिङ्ग गरिएका बोतल प्रयोग गर्न नहुने, डिजिटल्ली प्रयोग अहिले नै कानूनतः व्यवहारमा प्रयोग भइनसकेको उनको भनाइ छ । अलग्गै क्यूआर बनाइ विभागले पनि नयाँ डिजिटल स्टिकर प्रयोग गर्न नीति बनाउन लागेका छौं । तर एकै पटक सबै तिर त्यो नीति प्रयोग हुँदैन ।

सुरुमा पाइलट प्रोग्रामका रुपमा एकदुई ठाउँमा प्रयोग हुन्छ । त्यो प्रभावकारी भए मात्र नीति लागु हुन्छ । अहिले नीति नै नबनी पहिलेको नीति कसैले मिच्न हुँदैन उनले विस्तृतमा राजधानी दैनिकसँग बताए ।

नीति विनै लैलैला..
विभागको मार्ग निर्देश र अन्तःशुल्क निर्देशिका, २०६८ परिमार्जित संस्करण २०७९ को पालनामा आन्तरिक राजश्व कार्यालय जितपुरसिमरा, बारा भने आफै सकृय रहेको भेटिएको छ । कारण उद्योगीसँगको गाढा पिरती, कतिपय उद्योगमा पाँच वर्षदेखि एउटै कर्मचारी खटाइनु भित्री रहस्य अवैध लाभको भएको जानकारहरुको दावी छ । तर सिमराका कार्यालय प्रमुख पाण्डे भने आफू जस्तो इमान्दार अरु नभएको दलिल पेश गर्छन् ।

अन्तःशुल्क निर्देशिका, २०६८ परिमार्जित संस्करण २०७९ को अन्तःशुल्क टिकट सम्बन्धी व्यवस्थाको, अन्तःशुल्क टिकट र यसको प्रयोग (नियमावलीको नियम ३०) लाई अक्षरस पालना गर्नु पर्ने हो । तर यो निर्देशिकाको अन्तःशुल्क टिकट सम्बन्धी व्यवस्थाको ६.१.५ को बर्खिलाप भएको जानकारहरुको दावी छ । उद्योगी एक्लैले राज्यका जिम्मेवार कर्मचारीको अनुपस्थितिमा अन्तःशुल्क टिकटको प्रयोग गर्न नमिल्ने नीति र विभागको प्रष्ट भनाइ छ ।

राजश्व चुहावट रोक्नकै लागि कडा कार्यान्वयन
अन्तः शुल्क टिकट राख्ने विधि र टिकट राखिएको ठाउँको ताल्चा प्रयोग समेत निर्देशिकाले किटान गरेको छ । यसो गर्नुमा कानूनतः गलत काम र राजश्व चुहावट नहोस् भन्ने हो । अन्तःशुल्क टिकटको प्रयोग राज्यको निगरानीमा मात्र हुने भनिएको राजश्व विभागका निर्देशक तथा सूचना अधिकारी रघुवंशीको पनि प्रष्ट भनाइ छ ।

अन्तःशुल्क निर्देशिकाको टिकट ताल्चा प्रयोग गर्ने तरिकाको ६.३.१.३. मा उल्लेख ‘गोदाममा अन्य ढोका छन् भने ती सबै ढोकाहरुमा एक पटक टिकट सहित लाहाछाप लगाई पूर्ण रुपमा सधैं बन्द गर्नु पर्छ, गोदाममा जति वटा ढोका भए पनि कारोबारको लागि खोल्ने र बन्द गर्ने एउटा मात्र मूल ढोकामा टिकट ताल्चाको प्रयोग गर्नुपर्छ’ भनी प्रष्टै भनिएको छ ।

त्यसैगरी निर्देशिकाको नम्बर ६.३.१.३ मा टिकट ताल्चाको आकार विभागले तोके बमोजिम हुन्छ । सो टिकटलाई ताल्चामा साँचो घुसार्ने प्वालबन्द हुने गरी ताल्चाको वरिपरि ढाक्ने गरी बेरिदिनु पर्दछ र ताल्चा खोल्नासाथ त्यो टिकट ताल्चा च्यातिनु पर्दछ । च्यातिन बाँकी रहेको टिकटको भागहरु पनि उप्काएर ढोका बन्द गरिसकेपछि पुनः अर्को टिकट लगाउनु पर्दछ भनी निर्देशिकामा प्रष्टै उल्लेख छ ।

अझ ‘अन्तःशुल्क टिकट ताल्चा प्रयोग गरेपछि तोकिए बमोजिमको खातामा प्रत्येक पटक गोदामको ढोका खोल्नु पर्नाको कारण सहितको विवरण आन्तरिक राजश्व कार्यालयले खटाएको कर्मचारीले लेखेर मात्र ढोका खोल्नु पर्छ र ढोका बन्द गरेपछि प्रयोग गरिएको नयाँ टिकटको सिलसिलेबार नम्बर उल्लेख गर्नु पर्छ’ भनी निर्देशिकाको ६.३.१.४ मा पनि प्रष्टै उल्लेख गरिएको छ ।

अन्तशुल्क टिकट ताल्चाको प्रयोग कडा नीति प्रयोग मुख्य गरी कच्चा पदार्थ, अर्ध तयारी बस्तु र तयारी बस्तु उद्योगी व्यवसायीले दूरुपयोग एवं अन्तशुल्क चुहावट गर्ने सम्भावना नहोस् भनी अन्तः शुल्क टिकट राखिएको ठाउँकै सम्वेदनशितालाई राज्यले विधिसंगत राख्न निर्दिष्ट गरेको हो । कति उद्योगीले अन्तःशुल्क टिकट गलत प्रयोग गरेको भेटेपछि जेल चलान भएका उदाहरण पनि छन् ।

तर बाराको आन्तरिक राजश्व कार्यालयका निरिक्षक नियमित उद्योग नपुग्नु कार्यालय प्रमुख पाण्डे समेतको उद्योगीसँग साँठगाँठ रहेको श्रोतको दावी छ । कार्यालय प्रमुख पाण्डेले यो दावी सत्य नभएको दावी गरे । उद्योगमा हुने भित्री गतिविधिका ’bout सुक्ष्म निगरानी गरिरहेका प्रत्यक्षदर्शीले भने ब्रुअरी तथा डिष्टिलरी मध्ये कतिपयले अरुको कम्पनीको पुराना बोत्तल ग्रेण्डिङ्ग गरी पुनः प्रयोग गर्ने र टिकट प्रयोग पनि आफै गर्ने गरेको तथ्य फेला परेको कुरा पहिले पनि राजधानी दैनिकले प्रकाशित गरेको थियो ।

नीतिका छिद्रमा रमाउँदै आराका बारा
ब्रुअरी र डिष्टिलरीले पुराना बोत्तल प्रयोग गर्न पाउने नीतिगत छिद्र राखी बनाइएको अन्तःशुल्क निर्देशिका, २०६८ परिमार्जित संस्करण २०७९ को नीतिमा नयाँ बोत्तल प्रयोग गर्दा उद्योगीलाई साइज अनुसार २७ देखि ३५ रुपैयासम्म खर्च पर्ने भेटिएको छ । यसैमा पुराना बोतल प्रयोग गर्दा ४ रुपैयादेखि ८ रुपैयामात्र लागत पर्ने उद्योगहरुले पनि पुष्टि गरे ।

पुराना बोत्तल मै तयारी मदिरा तथा बियर प्याक गर्दा प्रति बोत्तल २६÷२७ रुपैयासम्म उद्योगलाई फाइदा हुने र प्रत्येक बोतलमा उपभोक्ता २७ रुपैया जति ठगिने तथ्य मदिरा र बियर बिक्रेताको तर्क छ । मदिरा कम्पनीहरुले पुराना बोत्तल प्रयोग गर्ने तथ्य खोतल्दा सम्बन्धित मन्त्रालयका मन्त्री र मुख्य जिम्मेवार कर्मचारी समेत नीतिगत छिद्रमा रमाउने गरेको विगतमा भेटिएको थियो । सुधारको अपेक्षा गरिएको वर्तमान सरकारका पालामा भने यो नीतिगत भ्रष्टाचार बन्द हुनेमा व्यवसायीको अपेक्षा ठूलो छ ।

तपाइको प्रतिक्रिया
(Visited 3 times, 1 visits today)

epaper

ताजा समाचार

गर्भकै नीतिको आडमा राजश्व कार्यालय सिमराको कार्य सम्पादन