काठमाडौं । अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)विरुद्ध खेल्दैछ । यी दुई टोलीबीचको खेल आज अपराह्न ३ः१५ बजेदेखि डार्विनस्थित मारारा क्रिकेट मैदानमा सुरु हुनेछ ।
नेपाली टोली दोस्रो जितको खोजीमा छ । नेपालले पछिल्लो खेलमा होबार्ट हरिकेन्स एकेडेमीविरुद्ध ३९ रनको जित निकालेको थियो । पहिलो र दोस्रो खेलमा भने नेपालले क्रमशः नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध आठ विकेट तथा बंगलादेश हाइपर्फमेन्स–११ विरुद्ध नौ विकेटको पराजय व्यहोरेको थियो । यसैगरी एसिटीको टोली पहिलो जितको खोजीमा छ ।
उसले तीन खेल खेल्दा सबैमा हार व्यहोरेको छ । सेमिफाइनल सम्भावना कायमै राख्न आजको खेलमा नेपाल जित्नैपर्ने दबाबमा छ । ताजा अवस्थामा नेपाल दुई अंकका साथ तालिकाको सातौँ स्थानमा छ ।
यस संस्करणको टप एन्ड टी–२० सिरिजका लागि नेपाल ‘ए’ को टोलीमा कप्तान अनिलकुमार शाह, कुशल भुर्तेल, पवन सर्राफ, कुशल मल्ल, मयन यादव रहेका छन् । यस्तै, दीपक डुम्रे, लोकेश बम, शाहब आलम, राशिद खान, आकाश चन्द, रिजन ढकाल, नारायण जोशी, विपिन खत्री, तृतराज दास र युवराज खत्री पनि टोलीमा समावेश छन् ।
सम्बन्धित समाचार
एसियाली खेलकुदमा काताबाट पदकको सम्भावना बलियो बनाउँदै नेपाल
साढे ५ महिनापछि पूर्वप्रधानमन्त्री देउवा आज स्वदेश फर्किँदै, भव्य स्वागतको तयारी
प्युठानको खोला किनारमा चार जनाको शव फेला
हराएका बालबालिका खोजतलासमा सरकारको सक्रियता : ८,७२४ मध्ये ८,४३८ फेला, विशेष अभियान सञ्चालन गर्ने तयारी
रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता
‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी
दक्षिण कोरियाली राष्ट्रपतिद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव
भारतीय प्रधानसेनापति सेठ आज काठमाडौं आउँदै






