काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट एक हजारभन्दा बढी सवारीसाधनमा क्षति पुगेको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दिएको जानकारीअनुसार बाढीमा परेर एक हजारभन्दा बढी सवारीसाधनमा क्षति पुगेको हो । महासंघका महासचिव डेकनाथ गौतमले करिब ६०० मालवाहक, ३०० यात्रुवाहक सवारीसाधन र ४०० भन्सारमा जाँचपासका लागि राखिएका सवारीसाधनमा क्षति पुगेको जानकारी दिए ।
“सामान लिनका लागि भन्सार नाकामा गएका, यात्रु लिएर रसुवा र गोसाइँकुण्ड गएका तथा भन्सारमा जाँचपासका लागि राखिएका एक हजार ३०० बढी सवारीसाधनमा क्षति पुगेको छ, निजी सवारीसाधनमा भएको क्षति’bout यकिन गर्न सकिएको छैन,” महासचिव गौतमले भने ।
बाढीले चीनको केरुङ नाकामा सामान लिन गएका र भन्सार जाँचपासका लागि राखिएका सयौँ ट्रक, कन्टेनर, यात्रुवाहक बस, माइक्रोबस र नयाँ सवारीसाधनमा क्षति पु¥याएको महासङ्घले जनाएको छ । महासचिव गौतले अर्को सूचना नभएसम्मका लागि प्रभावित क्षेत्रका सबै यातायात सेवा स्थगित गरिएको बताए । उनले विपद्को घडीमा तत्काल उद्धार र राहतका लागि सबै क्षेत्रसँग अपिल गरेका छन् ।
महासंघले नेपाल सरकारसँग तत्काल सबै निकायहरू परिचालन गरी बेपत्ताको खोजी, घाइतेको उपचार र पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ । साथै, बाढी प्रभावित व्यवसायी र मजदुरलाई पुनः जीविकोपार्जनको वातावरण मिलाउन महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।
सम्बन्धित समाचार
बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु
देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने
‘निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीति’ कार्यान्वयनमा, के के छन् प्राथमिकतामा ?
राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ?
चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रास, सुरक्षित बासको प्रतीक्षा
मलेसियामा २५ म्यानपावरलाई मात्र अवसर दिने तयारीप्रति संघको आपत्ति
आहा, यस्तो पो झरना !






