रसुवा । रसुवाको भोटेकोशीमा आएको बाढीबाट घाइते भएकाहरुको नेपाली सेनासहित सुरक्षा निकायको समन्वयमा उद्धारकार्य जारी रहेको छ ।
बाढी प्रभावित क्षेत्रबाट आज बिहान ५० को उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये एक जनाको निधन भएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बताए ।
उद्धारमा नेपाली सेनाको दुई, निजी क्षेत्रको हेली कैलाश, एभरेष्ट, हेली फिस्टेल, प्रभ, सिम्रिक, एल्टिच्युड हेलिकप्टर परिचालित भएका छन् । अधिकारीले हालसम्मको विवरणमा २८ नेपाल प्रहरी, दुई नेपाली सेना, १३ सशस्त्र प्रहरी सम्पर्कविहीन रहेको बताएका छन् ।
बाढीबाट चिलिमे जलविद्युत् आयोजनामा कार्यरत पाँच जना अझै सुरुङमा फसेका छन् । रसुवागढीमा कार्यरत कति कर्मचारी कार्यरत थिए कति बेपत्ता भन्ने अहिलेसम्म यकीन भएको छैन ।
बाढीबाट बेत्रावती टिमुरे, मैलुङका घर तथा प्रहरी र स्वास्थ्यको पूर्वाधार तथा सडक पूर्वाधार क्षतिग्रस्त भएका छन् ।
सम्बन्धित समाचार
विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण
जनकपुरको ९५० बिघा जग्गा फिर्ता गरियोस् : सांसद झा
अष्ट्रेलियामा पाँच हजार लिटिल पेन्गुइनलाई बर्ड फ्लुविरुद्ध खोप लगाइँदै
देशभर मनसुनी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
सभामुखको सासूको निधन, संसद बैठक स्थगित
बाढिले बगाउँदा बोलेरो चालक बेपत्ता
नागढुंगादेखि भरतपुरसम्मको सडक बन्द
बाढी प्रभावितको उद्धार र राहतमा तिव्रता दिने सरकारको निर्णय






