बाढी प्रभावितको उद्धार र राहतमा तिव्रता दिने सरकारको निर्णय

काठमाडौं । सरकारले रसुवा बाढी प्रभावितको आपतकालीन उद्धार र राहत कार्यमा तिव्रता दिने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उद्धार र राहत कार्यक्रममा तिव्रता दिने निर्णय गरेको कानुनमन्त्री सोविता गौतमले जानकारी दिइन् । बैठकमा रसुवा बाढीका कारण उत्पन्न परिस्थितिको समीक्षा गरिएको छ।

यससँगै उद्धार, सुरक्षित स्थानान्तरण, राहत, सूचना सञ्चार, स्वास्थ्य, परिचालन गर्न आवश्यक बजेट, पूर्वाधार निर्माणलगायत आवश्यक विषय समन्वय गर्न सम्बन्धित मन्त्रालयहरूले कार्य प्रारम्भ गर्नेलगायत निर्णय भएको उनले बताइन्।

तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)

epaper

ताजा समाचार

बाढी प्रभावितको उद्धारका लागि १२ वटा हेलिकप्टर परिचालन