सरकारले सञ्चालन गरिरहेका कोषमा रकम जम्मा गर्नेलाई सीमा नलाग्ने

काठमाडौं । सरकारले सञ्चालन गरिरहेका कोषमा रकम जम्मा गर्नेलाई सीमा नलाग्ने भएको छ।

नेपाल राष्ट्र बैंकले बुधबारको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको व्यवस्थापनका लागि उक्त व्यवस्था गरेको हो।

राष्ट्र बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत सहयोग गर्न चाहनेका लागि कारोबार सीमा लागू नहुने भन्दै सर्कुलर जारी गरेको हो।

हाल मोबाइल बैंकिङबाट दैनिक तीन लाख तथा इन्टरनेट बैंकिङबाट दैनिक २० लाखसम्म भुक्तानी गर्न मिल्छ।

तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेस महाधिवेशन रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश