काठमाडौं । नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सुविधा अर्को सूचना नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ ।
यसअघि भदौ १४ गतेसम्मका लागि निःशुल्क भ्वाइस कल, प्रतिदिन २ जिबी डेटा र ५० वटा एसएमएस सुविधा उपलब्ध गराइएको थियो । राहत वितरण तथा उद्धार कार्यलाई सहज बनाउन कम्पनीले उक्त सुविधा थप समयका लागि निरन्तरता दिएको प्रवक्ता कमल लामिछानेले जानकारी दिए ।
नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यकता अनुसार निःशुल्क सेवा प्रयोग गर्न आग्रह गरेको छ । बाढीका कारण कम्पनीका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसञ्चार सेवा यथासम्भव नियमित राख्न तथा प्रभावित संरचनाको मर्मत–सम्भारका लागि प्राविधिक टोली परिचालन भएको छ ।
नेपाल टेलिकमका अनुसार बाढी प्रभावित क्षेत्रका अधिकांश संरचना पुनः सञ्चालनमा आइसकेका छन् भने बाँकी संरचना पनि यथाशीघ्र सञ्चालन गर्ने प्रयास जारी छ ।
सम्बन्धित समाचार
संवादबाटै शैक्षिक समस्याको दिगो समाधान खोज्दैछौँः शिक्षामन्त्री पोखरेल
बर्खामा हिलो, हिउँदमा धुलोः दमक–चिसोपानी सडक
प्रधानमन्त्री र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीचको वार्ता औपचारिकरुपमा सुरु
सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै
सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण
२७ जना सह–सचिवको सरुवा (सूचीसहित)






