बाढीपीडित पहिचानमा सरकारले माग्यो अन्तर्राष्ट्रिय सहयोग

काठमाडौँ, १५ भदौ (रासस): भोटेकोशी नदीमा आएको बाढीपछि सरकारका तर्फबाट भइरहेको खोज, उद्धार तथा राहत प्रयासबारे सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुहुँदै मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री । तस्बिर: गोपाल दाहाल/रासस

काठमाडौं । बाढीपछि बेपत्ता तथा प्रभावितको पहिचानलाई तीव्र बनाउन सरकारले अन्तर्राष्ट्रिय सहयोग जुटाउन थालेको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा पीडित पहिचानका लागि सिंगापुरसँग प्राविधिक सहयोग मागिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिए ।

अमेरिकासँग डीएनए परीक्षण तथा चीन र सिंगापुरसँग उच्च क्षमताका आवश्यक उपकरण माग गरिएको छ। जापान र दक्षिण कोरियाबाट पनि थप विशेष सामग्री चाँडै प्राप्त हुने अपेक्षा गरिएको छ।

यसअघि भारत, चीन, अमेरिका, फ्रान्स, यूएई र दक्षिण कोरियाबाट उद्धार तथा राहत सामग्री नेपाल आइपुगेका छन्। भारतको विशेष उद्धार टोली प्रभावित क्षेत्रमा खटिएको छ भने कोरियाली टोली पनि घटनास्थलमा परिचालित छ।

अब उद्धारसँगै बाढीले क्षति पुर्‍याएका घर, सडक, पुल र जलविद्युत् आयोजनाको पुनःस्थापनामा पनि अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने सरकारले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 11 times, 1 visits today)

epaper

ताजा समाचार

शिवम् सिमेन्टद्वारा ११ हजार बोरा सिमेन्ट र शिवम् होल्डिङ्सद्वारा २१ लाख सहयोग