राजविराज । सप्तरी सदरमुकाम राजविराजमा विहीबार भगवान श्रीकृष्णको भब्य रथयात्रा निकालिएको छ । हज्जारौं भक्तजनको सहभागितामा स्थानिय श्री लक्ष्मीनारायण राधाकृष्ण मन्दिर प्राङ्गनबाट भगवान कृष्णको रथयात्रा निकालिएको हो ।
रथयात्रामा ठूलो संख्यामा युवा–युवती, बृद्ध–बृद्धा र बालबालिका गरी पाँच हजारको हाराहारीमा भक्तजन सहभागी भए ।
रथयात्राका मुख्य सञ्चालक सन्यासी बिरु सरसस्वतीले यस्ता धार्मिक आयोजनाले धर्म प्रति आस्था बढाउनुका साथै धार्मिक र आपसी सद्भाव बढाउने काम समेत गर्ने बताए ।
श्री लक्ष्मीनारायण राधाकृष्ण मन्दिरको समन्वयमा निकालिएको रथको लम्बाई २२ फिट, चौडाई ११ फिट तथा उचाई १५ फिट रहेको मूल पुजारी रत्नेश्वर झाले जानकारी दिए । रथको अग्रभागबाट दायाँ र बायाँ फैलिएका ७५ फिट लम्बाईको मोटो डोरी तान्न भक्तजनमा तछाडमछाड नै चलेको थियो । रथयात्रा नगर परिक्रमा पश्चात पुनः सोही मन्दिरमा पुगेर समापन भएको छ । रथयात्रामा राजविराज नगरपालिकाका साथै आसपासका पालिकाबाट समेत भक्तजन तथा साधुसन्त सहभागी हुन आएका थिए ।
रथयात्राका क्रममा कुनै अप्रिय घट्ना हुन नदिन सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
सम्बन्धित समाचार
नेपाल प्रहरी विशेष सुरक्षा गणमा दुर्गा मन्दिरको उद्घाटन
सिमराबाट फेरि अर्की बालिका बेपत्ता
श्रीमान्ले पढाए, प्रहरीको जागिर पाएपछि प्रेमीसँग फरार
गरिमा हत्या प्रकरण: मध्यरातमा ५ बुँदे सहमतिपछि रोकियो आन्दोलन
बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
सूचना आदान गर्न विशेष टोली गर्न नेपाल भारतबीच सहमति
कल्याण ज्वेलर्सले भारत र नेपालको सम्बन्धलाई सुदृढ बनाएको छ : भारतीय विधायक गुप्ता
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे साता






