काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका दुई जनामध्ये एक जनाको अवस्था सामान्य छ भने अर्का व्यक्तिको अवस्था जटिल रहेको छ ।
जटिल अवस्थामा रहेका व्यक्ति दोस्रो पटक उद्धार गरिएका कवीर महर्जन रहेका छन् । उनलाई छाउनी ल्याएर वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरी सघन उपचार जारी राखिएको छ ।
यस्तै, सुरुमा उद्धार गरिएका अर्का व्यक्ति सञ्जय साहको अवस्था भने सामान्य रहेको छ । स्वास्थ्य अवस्था स्थिर देखिएतापनि थप परीक्षणका लागि उनलाई पनि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमै ल्याइँदै छ ।
नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य विज्ञहरुको संयुक्त टोलीले आज बिहानै उनीहरुको उद्धार गरेको हो । आयोजनाभित्र मानिसहरु फसेको आशंकापछि बाढी गएलगत्तै लगातार उद्धारको प्रयास गरिएको थियो ।
सम्बन्धित समाचार
‘ध्वनि प्रदूषणले श्रवण क्षमता कमजोर हुन्छ’
म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
विष्णुमतीपछि बागमती नदीले पनि जल सतह सतर्कता तह पार गर्यो, बिहानसम्म उच्च सतर्क रहन अनुरोध
प्रधानमन्त्री राहत कोषमा ६ अर्ब रुपैयाँभन्दा बढी संकलन
बाढी अपडेट: मृत्यु हुनेको संख्या १२ सय ५९ पुग्यो, ५ हजार ८३ जना सम्पर्कविहीन






