काठमाडौं । भदौ १० को बाढीले क्षतिग्रस्त बनाएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनामा सुरुङ भित्र ६ जना फसिरहेको जानकारी प्राप्त भएको छ।
प्रतिनिधि सभा सदस्य तथा इन्जिनियर श्रीराम न्यौपानेका अनुसार चिलिमेको सुरुङ भित्र ६ जना फसिरहेको जानकारी प्राप्त भएको हो।
त्रिशूली ३ ‘ए’ मा फसिरहेका दुई जनालाई उद्धार गर्न सफल भएपछि फर्किएका न्यौपाने चिलिमे जाँदै छन्।
‘उक्त उद्धार कार्यमा आफ्नो अनुभव र ज्ञानको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिने, बुझ्ने, आवश्यक सुझाव दिने तथा आवश्यकता परेको अवस्थामा उद्धार कार्यमा समेत प्रत्यक्ष रूपमा खटिने उद्देश्यले जाँदै छुु, न्यौपानेले फेसबुकमा लेखेका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार बाढीपछि चिलिमेबाट ६ जना नै सम्पर्कविहीन छन्।
साइट कार्यालयमा ७१ जना कार्यरत रहेकामा अन्यले सुरक्षित स्थानमा गएर ज्यान जोगाएको इप्पानले जनाएको छ।
सम्बन्धित समाचार
दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस
सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड
सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण
हरवाचरवा मुक्तिको चार वर्ष, समस्या उस्तै : अधिकारवादी सङ्घसंस्था
भोटेकोशी बाढीबाट रसुवामा तीन हजार अझै सम्पर्कविहीन
नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित
सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती






