काठमाडौं । चीनले हालैको बाढीपहिरोपछि विपद्सँग सम्बन्धित निगरानी सूचना नेपाललाई दैनिक रूपमा उपलब्ध गराउँदै आएको जनाएको छ।
नेपालस्थित चिनियाँ दूतावासका अनुसार चीनले जलविज्ञानसम्बन्धी सूचना दैनिक विशेष ब्रिफिङमार्फत नेपाललाई दिइरहेको छ। आपत्कालीन अवस्था देखिएमा चीनले नेपाललाई तत्काल पूर्वसूचना दिने जनाएको छ।
चिनियाँ समाचार संस्था ग्लोबल टाइम्सले लेखेको खबर अनुसार चिनियाँ मौसम विज्ञान अधिकारीहरूले नेपालका सम्बन्धित निकायसँग सहकार्य गरेर चीनको ‘माजु’ एआई मौसम पूर्वसूचना प्रणालीको नेपालअनुकूल संस्करण विकास गरिरहेका छन्। यसबाट आपत्कालीन उद्धार तथा विपद्पछिको पुनःस्थापना कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
दूतावासले सम्बन्धित सूचनाहरू अहिले दैनिक रूपमा उपलब्ध गराइरहेको र कुनै आपत्कालीन अवस्था आएमा तत्काल चेतावनी जारी गरिने जनाएको छ।
नेपालमा उच्च हिमाली क्षेत्रमा हिमनदी खसेपछि आएको पहिरोले अगस्ट २६ मा चीन–नेपाल सीमामा रहेको सिजाङको केरुङ बन्दरगाह क्षेत्रमा क्षति पुर्याएको थियो।
सम्बन्धित समाचार
उद्धारका लागि ड्रोन उडाउन अनुमति लिनु नपर्ने
नेपालको छोचेन र पुरेपु साङपो नदीमा कृतिम ताल बनेको छ, ३ दिनमा फुटन् सक्छ : चिनियाँ जलस्रोत मन्त्रालय
रसुवा बाढी : मृतकको संख्या ५५३ पुग्यो, १४ सय ७३ जनाको उद्धार, २ हजार बढी अझै बेपत्ता
भोटेकोशीमा बाढीको जोखिम कायमै
रसुवा बाढी अपडेट : ६ सय २६ जनाको शव फेला, २ हजार ४२६ जना अझै सम्पर्कविहीन
बाढीमा मृत्यु पुष्टि हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ अझै सम्पर्कविहीन
भोलिदेखि लगातार ३ दिन बिदा
बाढी अपडेट: पहिचान नभएका १ हजार ३० शव जमिनमुनि गाडियो






