बागमती । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, हेटौँडामा १६ श्ययासहितको अन्तरङ्ग सेवा सुरु गर्न लागिएको छ ।
आयुर्वेद चिकित्साप्रति सर्वसाधारणको आकर्षण बढेपछि त्यस चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिन लागेको हो । उक्त सेवाका लागि आवश्यक पूर्वाधारसहित चिकित्सक उपलब्ध रहे पनि नर्सिङ विभागतर्फका कर्मचारी थप आवश्यक भएको चिकित्सालयका प्रमुख डा अमूल्य दहालले जानकारी दिए ।
अन्तरङ्ग सेवा सुरु गर्नका लागि न्यूनतम चार जना नर्सिङ स्टाफ आवश्यक हुने बताउँदै उनले त्यो उपलब्ध भएसँगै सेवा सञ्चालनमा ल्याइने जानकारी दिए । चिकित्सालयमा हाल बहिरङ्ग सेवासहित फिजियोथेरापी, प्रयोगशाला, पूर्वकर्म÷पञ्चकर्म, अक्युपन्चरजस्ता सेवा सञ्चालनमा छन् ।
चिकित्सालयबाट हाल दैनिक करिब दुई सयको सङ्ख्यामा सर्वसाधारणले उपचार सेवा लिइरहेको सूचना अधिकारी अशोककुमार झाले जानकारी दिए ।
तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)
सम्बन्धित समाचार
भरतपुर–काठमाडौं उडानमा यात्रुको उच्च चाप
सुरुङभित्र फसेका मानिसको उद्धारमा खटिएको टीम सुरङभित्र प्रवेश
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा पठाइयो
काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा विराजसिंह थापा नियुक्त
आज रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना
भोटेकोशी बाढीबाट रसुवामा तीन हजार अझै सम्पर्कविहीन
पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रम : अनुसन्धानकर्ता






