काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा पठाइने भएको छ । मंगलबार सो कोष सञ्चालन समितिको बैठक बसी एक अर्ब रुपैयाँ तत्काल परिचालन गर्ने निर्णय गरिएको हो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं कोष सञ्चालन समितिका संयोजक डा. गुणकर भट्टले आज बसेको कोषको बैठकले एक अर्ब रुपैयाँ गृहसचिवको नेतृत्वमार्फत परिचालन हुने गरी निकासा गरिएको जानकारी दिए ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २२ बमोजिम विपद् व्यवस्थापन कोषमा गृहसचिवले व्यवस्थापन गर्नेछन् । प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषको नाममा एभरेस्ट बैंकको खातामा रहेको मौज्दातबाट एक अर्ब रुपैयाँ कोषमा पठाइएको हो ।
अब सो रकम बाढीग्रस्त क्षेत्रमा आवश्यकता र मागका आधारमा बाढीपछिको उद्धार, राहत, तत्कालीन पूर्वाधार सुधार, अस्थायी बासस्थान निर्माण लगायतमा जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च गर्न सकिने छ । यसका लागि बाढीग्रस्त पालिका वा जिल्लाका विपद् व्यवस्थापन समितिले आफ्नो आवश्यकताअनुसार रकम माग गर्न सक्नेछन् । त्यसैका आधारमा गृहसचिव नेतृत्वको समितिले रकम वितरण गर्नेछ ।
सम्बन्धित समाचार
संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
देशभर मनसुनी वायुको प्रभाव कायमै, यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल
सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु
रवि लामिछानेले बोलाए भोलि बिहीबार सर्वदलीय बैठक
अहिलेसम्म २७० जनाको शव फेला
बाढीमा ज्यान गुमाएका परिवारलाई ५० हजार राहत
महाकालीमा पानीको बहाव बढ्यो, बनवासा पुलमा आवागमन प्रभावित






