काठमाडौं । काठमाडौं उपत्यकामा एलपी ग्यासको चरम अभाव भइरहँदा सरकार आपूर्ति व्यवस्थापन मूल्य कार्यान्वयन र वितरणमा निरीह देखिएको छ ।
नेपाल आयल निगमले प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ मूल्य तोके पनि ग्यास उद्योगीले वैकल्पिक ढुवानी खर्च भन्दै १ सय ५ रुपैयाँ ३८ पैसा थपेर २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा कायम गरेका छन् । कतिपय डिलरले भने यही अभावको मौका छोपेर उपभोक्ताबाट प्रतिसिलिन्डर २ हजार ५ सय रुपैयाँसम्म असुलिरहेका छन् ।
उद्योगीको मनपरी मूल्य, सिलिण्डरकै २ हजार ५ सय तिर्न उपभोक्ता बाध्य
नेपाल एलपी ग्यास उद्योग संघले कृष्णभीरको पहिरोका कारण वैकल्पिक बाटोबाट ग्यास ढुवानी गर्नुपरेको भन्दै निगमले तोकेको २ हजार ६० रुपैयाँमा थप १ सय ५ रुपैयाँ ३८ पैसा जोडेर बेच्न उद्योगी तथा विक्रेतालाई भनेको छ । तर सरकार एलोगीको यो निर्णय अवैध भन्नसमेत नसक्ने अवस्थामा छ ।
कतिपय डिलरले उद्योगमै पुगेर ग्यास भरेर २ हजार ५ सय रुपैयाँसम्ममा बिक्री गरेको गुनासोसमेत हेल्लो सरकारलगायतका संयनत्रमा दर्ता भएका छन् । तर सरकारले ुकनै कारवाही नगरेको उपभोक्ताको गुनासो छ । भक्तपुरको सुर्यबिनायक, ललितपुरको लुभुलागयतका उपभोक्ताले स्थानीय बिक्रेताबाट २ हजार ५ सय रुपैयाँमा ग्यास किन्नुपरेको गुनासो गरेका छन् ।
अभावको समयमा उपभोक्तासँग तोकिएकोभन्दा बढी रकम असुलिएको विषयमा बजार अनुगमन र कारबाही प्रभावकारी हुन नसक्दा सरकारको नियमन क्षमतामाथि प्रश्न उठेको हो ।
ग्यास कहाँबाट आयो, कुन उद्योगले भ¥यो, कुन डिलरमा कति पुग्यो र उपभोक्ताले कति मूल्य ति¥यो भन्ने आधारभूत विवरणसमेत सरकार र नेपाल आयल निगम सँग छैन ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बुधबार संसदीय समितिको बैठकमै ग्यास उद्योगीले सरकारलाई नटेरेको आरोप लगाएकी छन् । उनले उद्योगीको असहयोगका कारण आपूर्ति व्यवस्थापन गर्न कठिन भएको भन्दै आवश्यक परे देशभर सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने बताएकी छन् ।
मन्त्री यादवले उद्योगीलाई कडाइ नगरेसम्म ग्यास आपूर्ति सहज नहुने बताउँदै निजी क्षेत्रको भरमा मात्र आपूर्ति व्यवस्था चलाउन नसकिने धारणा राखेकी छिन् ।
आपूर्ति रोकिएको, बजारमा ग्यास नपाइएको र बढी मूल्य असुलिएको गुनासो आएपछि तत्काल बजार अनुगमन गर्ने र बढी मूल्यमा बिक्री गर्नेलाई कारबाही गर्ने प्रक्रियामा सरकार चुकेको भन्दै सांसदहरुले समेत आलोचना गरेका छन् ।
नेपाल आयल निगमका अनुसार २२ वटा ग्यास उद्योगले बुधबार एकै दिन ४६ हजार ९ सय ७६ सिलिन्डर डिलरमार्फत उपत्यकाको बजारमा पठाएको दाबी गरेको छ । तर तीमध्ये अधिकांश ग्यास २५ सय रुपैयाँसम्ममा बिक्री भएको उपभोक्ताको दाबी छ ।
उपत्यकामा सामान्य अवस्थामा दैनिक खपत करिब १ लाख १० हजार सिलिन्डर आसपास रहेको सरकारी विवरण छ । त्यसको तुलनामा बुधबार बजारमा पुगेको ४६ हजार ९ सय ७६ सिलिन्डरले मागको आधाभन्दा कम हो ।
निगमको तथ्यांकअनुसार सबैभन्दा बढी ग्यास श्री ग्यास उद्योग प्रालिले बजारमा पठाएको छ । श्री ग्यासले मात्रै झन्डै १० हजारको हाराहारी अर्थात् ९ हजार ८ सय ९९ वटा सिलिन्डर बजारीकरण गरेको छ ।
त्यसैगरी, दोस्रो सर्वाधिक ग्यास वितरण गर्नेमा नेपाल ग्यास रहेको छ, जसले ६ हजार ८ सय ७६ वटा सिलिन्डर बजारमा पठाएको छ ।
धेरै ग्यास पठाउने अन्य प्रमुख ब्रान्डहरूमा क्रमशः एभरेस्ट ग्यासले ३ हजार ९ सय ५३, सगरमाथा ग्यासले ३ हजार ३ सय ३८, ओम ग्यासले २ हजार ५ सय ६७, मेट्रो काठमाडौं ग्यासले २ हजार ४ सय ५८ र श्रीराम ग्यासले २ हजार १ सय ७० वटा सिलिन्डर बजारमा पठाएका छन् ।
कुल २२ वटा कम्पनीले ग्यास पठाएकोमा सबैभन्दा कम ग्यास भने मारुती ग्यासको आएको छ । मारुती ग्यासले जम्मा ३ सय १५ वटा सिलिन्डर मात्र बजारमा पठाएको छ ।
सरकारले तत्कालका लागि एउटा कम्पनीको सिलिन्डर नपाए अर्को कम्पनीको सिलिन्डर सोही मूल्यमा साटेर ग्यास लिन सकिने व्यवस्था गरेको छ । कृत्रिम अभाव सिर्जना गर्ने वा सरकारी निर्देशन अवज्ञा गर्ने व्यवसायीमाथि कारबाही गर्ने चेतावनी पनि दिएको छ । तर समस्या समाधानका लागि निर्देशन र चेतावनीभन्दा बजारमा पुगेको ग्यासको वास्तविक वितरण, बिक्री मूल्य र डिलरको मौज्दातको अनुगमनमा भने सरकार चुकेको छ ।
उद्योगीले ५८ वटा उद्योगबाट पर्याप्त उत्पादन क्षमता रहेको दाबी र मन्त्रीले उद्योगीले सहयोग नगरेको आरोप गरिरहेका बेला उपभोक्ता भने ग्यास पाउन घण्टौँ लाइन बस्नुपर्ने र तोकिएको मूल्यभन्दा बढी तिर्नुपर्ने अवस्थामा छन् ।
सम्बन्धित समाचार
ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग
सरकारले सञ्चालन गरिरहेका कोषमा रकम जम्मा गर्नेलाई सीमा नलाग्ने
बाढीमा ज्यान गुमाएका परिवारलाई ५० हजार राहत
भोटेकोशी बाढीको बीमा दाबी २६ अर्ब रुपैयाँ, भुक्तानी सरल र सहज बनाउन अर्थमन्त्रीको निर्देशन
सुनको मूल्य आठ हजार ८०० रुपैयाँले गिरावट, कतिमा हुँदैछ आज कारोबार ?
कमजोर बन्यो अमेरिकी डलर
आज पनि घट्यो सुन र चाँदीको भाउ, कतिमा भइराखेको छ कारोबार ?
आज सुन र चाँदी दुवैको भाउ वृद्धि, कतिमा भइराखेको छ कारोबार ?






