लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका– ६ को भोर्लेटारमा केन्द्रीय कार्यलय रहेको मादी मिदिम ऋण तथा बचत सहकारी संस्था लि.(साकोस)मा सेयर सदस्यहरूले जम्मा गरेको पाँच करोड बढी रकम हिनामिना गरेको अभियोगमा सो साकोसका सञ्चालक तथा केही सेयर सदस्यहरूका विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । जिल्ला न्यायाधीवक्ताको कार्यालयमार्फत लमजुङ जिल्ला अदालतमा सो मुद्दा दर्ता गरिएको हो ।
२०७० सालमा सञ्चालनमा आएको सो सहकारीको कार्यक्षेत्र नभएको मध्यनेपाल नगरपालिका– ४ मा समेत सेवा केन्द्र सञ्चालनमा रहेको त्यस संस्थाका अध्यक्ष राजेन्द्र पौडेलले स्वीकार गरेका छन् । अर्को शाखा सोही नगरपालिका– ७ को रामबजारमा सञ्चालित थियो ।
बचतकर्ताहरूको बचत रकम प्रयोग गरी सञ्चालक समितिका पदाधिकारीहरू, ऋण उपसमितिका पदाधिकारीहरू, लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरूले मागे बमोजिम नगद तथा निजहरूको बचत खातामा दाखिला गराई र केही रकम मेरो खातामा दाखिला गरी तथा नगद निकासी गरी विभिन्न कालखण्डमा प्रयोग गरेको रकम १९ लाख ७१ हजार ८५ रुपैंया रहेको छ ।
मुख्य कार्यालयबाट विभिन्न मितिमा सदस्यहरूको खातामा बाडेको र भरपाई सिट बनाई समितिसमेतले फिल्डमा नै गई बाड्न प्रयोग गरेको रकम ९६ लाख ५० हजार तीन सय ११ रुपैंया गरी कुल एक करोड ४७ लाख ७३ हजार २९६े रुपैंया रहेको छ भनेका छन् ।
राजनीतिक शक्ति केन्द्रको आडमा आफू उम्किएर केही सेयर सदस्यहरूलाई मात्र फसाउन खोज्ने उक्त सहकारीका सञ्चालकहरू पनि अन्ततः प्रतिवादीको सूचिमा अंकित भएको छ । प्रतिवादी बनाइएका ६४ जना सबै ‘फरार’ भन्ने प्रहरीको दावीले पनि राजनीतिक शक्ति केन्द्रको के कति चलखेल भएको वा दुरुपयोग गरिएको छ भन्ने आंकलन गर्न कठिन हुँदैन जानकारहरू बताउछन् ।
दोषिमा प्रमुख दायित्व भएता पनि सञ्चालकहरूलाई ४२ नंदेखि मात्र प्रतिवादीको सूचिमा राखिएको छ । जसमा मध्यनेपाल नगरपालिका– ६ भोर्लेटार स्थित उक्त सहकारी संस्था लि.(साकोस)का अध्यक्ष वर्ष ५३ को राजेन्द्र पौडेल, सो साकोसका प्रबन्धक वर्ष ३५ को सरोज पौडेल, उपाध्यक्ष प्रताप शाली घिमिरे, तनहुँ भानु नगरपालिका– १३ बस्ने वर्ष ४३ को जाकिर हुसेन मिया, संस्थाका सचिव वर्ष ४७ को वद्रि प्रसाद पौडेल, संस्थाका कोषाध्यक्ष वर्ष ५४ को राम बहादुर क्षेत्री अधिकारी रहेका छन् ।
त्यस्तै, संस्थाका सञ्चालक सदस्यहरू श्रीमती वर्ष ४८ की सीता गुरुङ, तेह्रथुम जलजले गा.वि.स.– ६ मा स्थायी वतन भई मध्यनेपाल– ६ बस्ने बर्ष ५४ को लोकनाथ रिमाल, बर्ष ४३ को मुक्तिमणि पौडेल, बर्ष ४९ को मिन बहादुर भण्डारी क्षेत्री, वर्ष ४५ को शंकर राज घिमिरे, तनहुँ साविक खैरेनीटार नगरपालिका– ८ बस्ने वर्ष ६४ को शिवराज पौडेल, संस्थाका लेखा समिति सदस्य वर्ष ४० को सुशील अधिकारी, वर्ष ३७ को उमेश अधिकारी, सदस्य वर्ष ३५ की यशोदा न्यौपाने पौडेल, वर्ष ५० की गीता विश्वकर्मा, वर्ष ४४ को नवीन अधिकारी, केशव राज अधिकारी आदि सबै प्रहरीको दृष्टिमा फरार रहेका प्रतिवादीहरू हुन् ।
यसैगरी, प्रहरीले फरार सूचिमा राखेका अन्य प्रतिवादीहरूमा संस्थाका ऋण उप समिति सदस्यहरू वर्ष ५६ को कृष्णकान्त पौडेल, वर्ष ५३ को राममणि भट्टराई र वर्ष ३५ को सचिन लामिछानका साथै संस्थाको तत्कालीन कर्मचारी वर्ष ३२ की पुनम गुरुङ आदि रहेका छन् ।
साथै वारदात पश्चात फरार रहेका प्रतिवादीहरू भिम बहादुर श्रेष्ठ, बिराज गुरुङ, विशाल गुरुङ, विश्वराज घिमिरे, बुद्धि भक्त रेग्मी, ज्ञान प्रसाद अधिकारी, श्यामकला सापकोटा अधिकारी, ज्ञानराज मल्ल, गोरा गुरुङ, कृष्ण दुरा, कुशल गुरुङ, लबिन गुरुङ, मदन कुमार न्यौपाने, ममता थापा भुजेल, मनिराम खड्का, प्रदिपराज घिमिरे, प्रकाश न्यौपाने, सरिता पौडेल, सोनी धिङ्गल(दुरा), सिता देवी वि.क., सुर्यनाथ घिमिरे, उषा देवी श्रेष्ठ, अमृत गुरुङ, अनिता गुरुङ, बिकास गुरुङ, बिक्रम कुमार श्रेष्ठ, बिनोद परियार, धनसुव्वा गुरुङ, ध्रुव कुँवर, खेम बहादुर गुरुङ, मञ्जु विश्वकर्मा, मञ्जु श्रेष्ठ, नरेन्द्र पाण्डे, ओम कुमारी गुरुङ, राज कुमार गुरुङ, संसेर बहादुर नेपाली, सर्मिला क्षेत्री रेग्मी, सत्य विश्वकर्मा, सुनिल गुरुङ, सुर्य बहादुर कुवँर, तेज बहादुर तामाङ, बद्रि प्रसाद पौडेल, गिता बि.क., जाकिर हुसेन मिया, केशवराज अधिकारी, कृष्णकान्त पौडेल, लोकनाथ रिमाल, मिन बहादुर भण्डारी क्षेत्री, मुक्तिमणी पौडेल, नबिन अधिकारी, प्रतापशाली घिमिरे, पुनम गुरुङ, राजेन्द्र पौडेल, राम बहादुर अधिकारी क्षेत्री, राममणी भट्टाराई, सचिन लामिछाने, सरोज पौडेल, शंकरराज घिमिरे, शिवराज पौडेल, सिता गुरुङ, सुशील अधिकारी, ताराशाली घिमिरे, उमेश अधिकारी, यसोदा न्यौपाने पौडेलको हकमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५७ बमोजिम सम्मानित अदालतबाटै म्याद जारी हुन सादर अनुरोध छ अभियोग पत्रमा उल्लेख छ ।
सम्बन्धित समाचार
अविरल वर्षासँगै नालीमा बगेका आमाछोरीको मृत्यु
सुर्खेतको खड्का होटेलद्वारा बाढीपीडितका लागि आठ लाख सहयोग
एनआरएनएद्वारा पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड हस्तान्तरण
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
अमेरिकी डलर स्थिर बन्दा अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर र थाई भाट मजबुत
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
नेप्से १५ अंकले घट्यो, मर्जरमा जान लागेका सिन्धु र जानकीको मूल्यमा पहिरो
अमेरिकी डलरको मूल्य बढेको बढ्यै






