कर्णाली । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि खड्का होटल सुर्खेतले रु आठ लाख ६९ हजार सहयोग गर्ने भएको छ ।
वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेतस्थित घण्टाघर लाइनमा रहेको उक्त होटेलले रु आठ लाख ६९ हजार ६१८ सहयोग गर्ने जनाएको हो । होटल सञ्चालक कृष्णबहादुर खड्काले असहाय, विपन्न र दुःखमा परेका व्यक्तिहरूको सहयोगका लागि सङ्कलन गरेको दानपेटिकाबाट रु सात लाख १८ हजार ६१८ र रु एक लाख ५१ हजार होटेलबाट थपेर रु आठ लाख ६९ हजार ६१८ आजै प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गर्ने जानकारी दिए ।
सञ्चालक खड्काले भने, “यो महाविपत्तिबाट रसुवा, नुवाकोट, धादिड, चितवनसम्मका नागरिक प्रभावित भएका छन् । यसले ठूलो जनधनको क्षति पुर्याउनुका साथै देश शोकमा डुबेको छ । अहिले कोहीकसैले सुझाव, सल्लाह दिने होइन बरु हरेकले सहयोग गर्ने बेला हो । बाढीबाट पीडित नागरिकको घाउमा मल्हमपट्टि होस् भनेर हामीले एउटा जिम्मेवार व्यवसायीका हिसाबले आफूले सकेसम्मको आर्थिक सहयोग गरेका हौँ ।”
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेशसभा दलको आइतबार बसेको बैठकले आफ्ना प्रत्येक सदस्यबाट रु १५ हजारका दरले १० जना सदस्यको हुन आउने रु एक लाख ५० रसुवा बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको एमालेका प्रमुख सचेतक एवं प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईंले जानकारी दिए ।
नेपाली कांगेस कर्णाली प्रदेशसभा दलले आफ्ना १५ जना सदस्यबाट जनही रु १५ हजारका दरले सङ्कलन गरी रु दुई लाख २५ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिसकेको छ ।
सम्बन्धित समाचार
गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै
एनसेल फाउन्डेसनद्वारा १ करोड राहत सहयोग घोषणा
सरकारले सञ्चालन गरिरहेका कोषमा रकम जम्मा गर्नेलाई सीमा नलाग्ने
सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार
भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग
विपद्मा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको एक करोड सहयोग
बाढीमा ज्यान गुमाएका परिवारलाई ५० हजार राहत
बाढीपीडितको सहयोगका लागि मेडिकेयर हस्पिटलद्वारा ११ लाख ११ हजार रुपैयाँ सहयोग






