रसुवा बाढीमा कालिकोटका ६ जना बेपत्ता

कालिकोट । रसुवामा आएको विनाशकारी बाढीपछि कालिकोटका ६ जना अझै बेपत्ता छन् । बाढीमा परेर बेपत्ता भएको १८ दिन बितिसक्दा पनि उनिहरुको अवस्था अज्ञात रहेको छ । अहिलेसम्म न उनीहरू जीवित रहेको खबर आएको छ, न त शव नै फेला परेको छ ।

बेपत्ता हुने हरुमा नरहरिनाथ गाउँपालिका–१, सोतरगाउँका अनिपाल विष्ट र धिरेन्द्र विष्ट रहेका छन्। त्यस्तै, खाँडाचक्र नगरपालिका–९ माइतीघर भई हाल खाँडाचक्र नगरपालिका–५ निवासी तथा रसुवाको टिमुरे स्वास्थ्य चौकीमा कार्यरत अनमी सरिता मल्ल, उनका तीन महिनाका छोरा काव्यांश शाही र उनकी नन्द दुर्गा शाही पनि बाढि आएको १८ दिन बित्दा पनी अझै सम्पर्क विहीन छन्।

यस्तै, पलाता गाउँपालिकाका लक्ष्मण परिवार पनि सम्पर्कविहीन रहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिएका छन्।

आफन्तहरू आफ्ना परिवारका सदस्यको अवस्था’bout जानकारी पाउने आशामा दिनरात पर्खिरहेका छन्। बाढीले निम्त्याएको ठूलो क्षतिका बीच बेपत्ताहरूको खोजी कार्य प्रभावकारी र तीव्र बनाउन परिवारजनले सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

रसुवामा आएको बाढी तथा पहिरोले ठूलो जनधनको क्षति पु¥याएको छ। बाढीको तीव्र बहावले मानिस, घर तथा भौतिक संरचनासमेत बगाएको अवस्थामा बेपत्ताहरूको खोजी चुनौतीपूर्ण बनेको छ।

कालिकोटबाट रोजगारी तथा अन्य कामका सिलसिलामा रसुवा पुगेका उनीहरू बाढीपछि सम्पर्कविहीन बनेका हुन्। आफन्तका अनुसार उनीहरूको मोबाइल तथा अन्य सम्पर्क माध्यमबाट समेत कुनै सूचना प्राप्त हुन सकेको छैन । बेपत्ता परिवारका सदस्यहरूका लागि हरेक दिन झनै पीडादायी बन्दै गएको छ। एकातिर आफ्ना मान्छे जीवितै भेटिने आशा छ भने अर्कोतर्फ कुनै अप्रिय खबर आउने हो कि भन्ने चिन्ताले परिवारलाई सताइरहेको छ ।

“कम्तीमा हाम्रा मान्छे कहाँ छन् भन्ने जानकारी पाउनु पर्ने बेपत्ता दुर्गा शाहीका बुवा प्रवलजंग शाहीले बताए ।, “जीवित भए उद्धार गरियोस्, नभए शव खोजेर परिवारलाई जिम्मा लगाइयोस ।”

बेपत्ताहरूको खोजीमा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा उद्धार टोलीले थप सक्रियता देखाउनुपर्ने अर्का बेपत्ता परिवारका आफन्त रोहोन कुमार विष्टको माग भइरहेको छ । बाढी प्रभावित क्षेत्रमा सम्भावित स्थान, नदी किनार तथा बाढीले बगाएर पु¥याउन सक्ने क्षेत्रहरूमा खोजीलाई विस्तार गर्नुपर्ने विष्टकोे भनाइ छ।

कालिकोटका ६ जनाको अवस्था अझै अज्ञात रहनुले उनीहरूका परिवारमा मात्रै होइन, जिल्लामै चिन्ता बढाएको छ । आफन्तहरू सरकारी निकायबाट आधिकारिक जानकारीको प्रतीक्षामा छन्।

तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)

epaper

ताजा समाचार

माथिल्लो त्रिशूली–१ को सुरूङमा थप ७ शव फेला