विश्वव्यापी प्राथमिकतामा नेपाल–चीन सहकार्यमा जोड

काठमाडौं । विश्वव्यापी प्राथमिकताका रूपमा रहेका जलवायु परिवर्तन, गरिबी निवारण तथा भूराजनीतिक सवालमा नेपाल चीन सहकार्य हुनुपर्नेमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले जोड दिएका छन् ।

नेपाल–चीन सम्बन्धका नयाँ सम्भावना, सहकार्य र बदलिँदो भूराजनीतिक परिवेश’bout केन्द्रित ‘काष्ठमण्डप डायलग–३’ उद्घाटनका क्रममा यस्तो बहस भएको हो ।

‘नेपाल–चीन सम्बन्ध ः सहकार्यका क्षितिजहरूको विस्तार’ विषयमा आयोजित संवादको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री झलनाथ खनालले भूराजनीतिक सवाल साझा सवाल भएकाले पारस्परिक हितका आधारमा साझा दृष्टिकोण तय गरिनुपर्नेमा जोड दिए । संवादका क्रममा नेपाल–चीन सम्बन्धलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने उपाय, आर्थिक सहकार्य, व्यापार, लगानी तथा कनेक्टिभिटी विस्तारका सम्भावना’bout गहन छलफल आवश्यक भएकोमा परराष्ट्रमन्त्री खनालले जोड दिए ।

राजदूत माओमिङले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई), पूर्वाधार विकास, सीमा तथा क्षेत्रीय कनेक्टिभिटी, जलवायु परिवर्तन र विपद् व्यवस्थापनका विषयमा नेपालसँग सहकार्य गर्न चीन सधैँ तयार रहेकोमा जोड दिए । कार्यक्रम आइतबारसम्म सञ्चालन हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

epaper

ताजा समाचार

मध्य पूर्वमा ‘अधिकतम संयम’ अपनाउन ‘ब्रिक्स’को आह्वान