उद्धारमा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च दिने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको छ ।

बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार, उद्धारका क्रममा घाइते भएमा सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई निःशुल्क औषधि उपचारको व्यवस्था गर्ने निर्णय पनि भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 44 times, 1 visits today)

epaper

ताजा समाचार

सिडिओसहित २३ सहसचिव र उपसचिवको सरुवा