तनहुँ । तनहुँमा दूध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अनुदान उपलब्ध गराएको छ ।
केन्द्रले आर्थिक वर्ष २०८२÷८३ मा उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमअन्तर्गत रु ८० लाख ११ हजार अनुदान वितरण गरेको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीका अनुसार जिल्लाका १३ वटा दुग्ध उत्पादक सहकारी संस्थामार्फत किसानलाई प्रोत्साहन रकम उपलब्ध गराइएको हो ।
कार्यक्रमअन्तर्गत सहकारी संस्थाबाट सङ्कलन भएको ३० लाख २० हजार ३२२ लिटर दूधमा प्रतिलिटर रु तीनका दरले प्रोत्साहन रकम प्रदान गरिएको थियो । उत्पादनका आधारमा किसानलाई अनुदान उपलब्ध गराउँदा दूध उत्पादनमा संलग्न किसानलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्न सहयोग पुगेको ठकुरीको भनाइ छ ।
उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमले किसानलाई बढी दूध उत्पादन गर्न उत्प्रेरित गरेको उनले बताए । दूध बिक्रीबाट प्राप्त आम्दानीसँगै उत्पादनका आधारमा अतिरिक्त प्रोत्साहन रकम प्राप्त हुने भएपछि किसानमा पशुपालन व्यवसायप्रति थप आकर्षण बढेको उनको भनाइ छ ।
सम्बन्धित समाचार
घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने
मेलाबाट उठेको रकम पर्यटनमा लगानी
नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित
सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती
व्यावसायिक फलफूल खेतीतर्फ किसानको आकर्षण
कर्णालीको स्याउलगायत अर्गानिक उत्पादन प्रदर्शनी
ट्रक ठक्करले मोटरसाइकल चालकको मृत्यु
लोप हुँदै भटमासखेती






