निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक

काठमाडौं । निखिल उप्रेतीको निर्देशन र निर्माणमा बनेको चलचित्र ‘आचार्य’को पहिलो गीत सार्वजनिक भएको छ । ‘लै बरी लै’ बोलको गीतमा गौरंगा शेखर शर्मा र जोत्सना जवदको स्वर तथा युग भुसालको शब्द तथा संगीत छ । 

रोमान्टिक गीतको भिडियोमा निखिल उप्रेती र मोडल सजिना श्रेष्ठ फिचर्ड छन् । ‘आचार्य’ असोज ९ गतेबाट प्रदर्शनमा आउँदै छ । चलचित्रमार्फत पूर्णिका सिँजापतिले नव–नायिकाका रूपमा डेब्यु गरेकी छन् । 

दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्चीसँगै बलिउड कलाकार दीपजंग राणा र रोहित चौधरीका साथै ध्रुव कोइराला, सुरेश कोहली, रञ्जित कोइराला, जेसिका पोखरेल, कृतिका, सरिता ज्ञवाली, अनुप तुलाधर, एलिस खनाल, अजय थापा, सुबिन गुरुङ, रोशनी र सोनिका वास्तोलालगायतको अभिनय रहेको छ । 

सौरभ लामा, मनु विक र नवराज थापाकोे छायांकन रहेको चलचित्रमा शुक्रराज शाहको एक्सन निर्देशन छ । बन्दे प्रसादले सम्पादन गरेको ‘आचार्य’को टिजर तथा ट्रेलर भने सन्देश शाहले तयार पारेका हुन् । चलचित्रको निर्माता अभिनेत्री सञ्चिता लुइँटेल र कृष्ण भट्टराई छन् ।

तपाइको प्रतिक्रिया
(Visited 11 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाली जनसम्पर्क समिति अमेरिका ससुरा र सालोको कब्जामा