काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा भोलि शीर्ष नेतृत्वबीच सर्वदलीय बैठक बस्ने भएको छ । रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ । रास्वपाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विषयमा राजनीतिक दलका शीर्ष नेतृत्वबीच छलफल गरी आवश्यक संयन्त्र निर्माणका लागि पहल गर्ने उद्देश्यले बैठक बोलाएको जनाएको छ ।
बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वको सहभागिता रहनेछ । रास्वपाका प्रवक्ता खरेलले सर्वदलीय बैठक भदौ ३१ गते बुधबार बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा आयोजना गरिएको जानकारी दिएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 15 times, 1 visits today)
सम्बन्धित समाचार
भोटेकोशी बाढी सम्बन्धमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दै
यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन : प्रधानमन्त्री
देउवा समूहको बैठकः असोज १५ मा वडा अधिवेशन प्रस्ताव
राजनीतिक र राष्ट्रिय सहमति कायम राख्नुपर्छ: रवि
पुराना दलका नेतालाई गृहमन्त्रीको चेतावनी- ‘अझै समय छ सुध्रिनुस्’
रविकोको सम्बोधन सकिएलगत्तै प्रतिनिधिसभाबाट बाहिरिए प्रधानमन्त्री बालेन
एमाले विवादः बल्थली बैठक असफल, प्रतिवेदन मिलाउन अर्को कार्यदल
मलाई पदको लोभ छैन, महाधिवेशन गरेरै नेतृत्व हस्तान्तरण गर्छु: देउवा






