रौतहट । रौतहट क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी समानुपातिक सांसद जैनब खातुनको निधन भएको छ। फतुवा विजयपुर नगरपालिका–५, सन्तपुर दोस्तियाकी खातुनको बुधबार राति वीरगञ्जस्थित नेशनल मेडिकल अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
परिवारका अनुसार बुधबार अचानक रगतमा चिनीको मात्रा बढेपछि उनलाई उपचारका लागि वीरगञ्ज लगिएको थियो। उपचारकै क्रममा उनको निधन भएको छोरा रौजन मियाँले जानकारी दिए।
खातुन मधेश प्रदेशसभामा रौतहट क्षेत्र नम्बर ३ बाट नेकपा एमालेको समानुपातिकतर्फ प्रतिनिधित्व गर्दै आएकी थिइन्।
उनको निधनको खबरपछि परिवारजन, आफन्त, शुभेच्छुक तथा स्थानीयवासी शोकमा परेका छन्। स्थानीयवासीले उनको निधनलाई जिल्लाका लागि अपूरणीय क्षतिका रूपमा लिएका छन्।
तपाइको प्रतिक्रिया
(Visited 5 times, 1 visits today)
सम्बन्धित समाचार
सुन तोलामा सात हजार ६०० रूपैयाँले बढ्यो, चाँदी १४५ रुपैयाँ
महिलाको नग्न तस्बिर सार्वजनिक गर्ने भन्दै झण्डै १० लाख रुपैयाँ असुल्ने युवक समातिए
आर्थिक क्षतिपूर्तिका लागि नेपाल पूर्णरूपमा हकदार, तर पाउने कसरी ?
युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ
व्यापार प्रणाली कमजोर भए विश्वको जीडीपी १० प्रतिशतसम्म घट्ने डब्लूटीओको चेतावनी
ऊर्जामन्त्री श्रेष्ठको दक्षिण कोरिया भ्रमण रद्द
स्थानीयमा भयावह भ्रष्टाचारः सरकारको ध्यानाकर्षण
शिक्षामन्त्री पोखरेललाई आम विद्यार्थी मोर्चाका सचिव प्रिन्स साहको ५ प्रश्न






