महिलाको नग्न तस्बिर सार्वजनिक गर्ने भन्दै झण्डै १० लाख रुपैयाँ असुल्ने युवक समातिए

काठमाडौं । नग्न तस्बिर तथा भिडिओ सार्वजनिक गर्ने धम्की दिएर महिलासँग झन्डै १० लाख असुलेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका १ घर भई हाल काठमाडौंको कीर्तिपुर नगरपालिकामा पर्ने सल्यानथान बस्ने २३ वर्षीय कमलबहादुर बुढा छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनले सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क गरी आफू ‘ह्याकर’ भएको भन्दै नग्न तस्बिर तथा भिडिओ आफूसँग रहेको र रकम नदिए भन्दै सार्वजनिक गर्ने धम्की दिँदै ९ लाख ९५ हजार रुपैयाँ असुलेका थिए ।

सो सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई पक्रेको हो ।

आपराधिक लाभसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौंले शुक्रबार जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 24 times, 1 visits today)

epaper

ताजा समाचार

खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो