चलचित्र विकास बोर्डको अध्यक्षका लागि आवेदन आह्वान

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षका लागि आवेदन खुलेको छ । सूचना तथा सञ्चार मन्त्रालयले बिहीबार सूचना प्रकाशित गरी बोर्डको रिक्त रहेको अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको हो ।

इच्छुक योग्य व्यक्तिले यही असोज ७ गतेभित्र कार्यालय समयभित्र दरखास्त पेश गर्न मन्त्रालयले आग्रह गरेको छ । ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेका, कुनै विषयमा कम्तीमा स्नातक उत्तीर्ण गरि नेपाली चलचित्र उद्योगको स्थापना, विकास, संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा निरन्तररुपमा कम्तीमा १० वर्ष कार्य गरेको नेपाली नागरिकले आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ।

भदौ ११ गते दिनेश डीसीको दुई वर्षे कार्यकाल सकिएको थियो। त्यसपछि सूचना तथा सञ्चार मन्त्रालयले अहिले बोर्डको कार्यवाहक अध्यक्ष सहसचिव रविलाल शर्मालाई तोकेको छ।

सञ्चार मन्त्रालयले सात दिनभित्र प्राप्त आवेदकबाट ‘सर्ट लिस्ट’ गरेर तीन जनाको नाम छनोट गर्नेछ। ‘सर्ट लिस्ट’ गर्न मन्त्रालयले तीन जनाको समिति बनाउँछ ।

समितिले दिएको तीन जनाको नाम सञ्चार मन्त्रालयले मन्त्रिपरिषद्‌मा लैजानेछ। मन्त्रिपरिषद्ले सञ्चार मन्त्रालयले सिफारिश गरेका तीन जनामध्ये एकलाई बोर्डको अध्यक्ष नियुक्त गर्ने कानुनी प्रावधान छ।

तपाइको प्रतिक्रिया
(Visited 10 times, 1 visits today)

epaper

ताजा समाचार

चलचित्र विकास बोर्डको अध्यक्षका लागि आवेदन आह्वान