आइजीपीलाई तत्काल बर्खास्त गर्न सरकारसँग खगेन्द्रको माग

काठमाडौं । रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गर्न माग गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सामान्य आरोपको भरमा अहिलेसम्म तीन जना मन्त्री बर्खास्तमा परिसकेको भन्दै भ्रष्टाचारको आरोप लागेका आइजीपी कार्कीलाई पदबाट हटाउनुपर्ने माग राखे।

उनले भने, ‘करोडौँ करोड भ्रष्टाचार गरेको आरोप अहिलेका नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की लगायत उनको श्रीमती लगायतको ठूलो अधिकारीहरूमाथि यो आरोप लागेको छ। करोडौँ भ्रष्टाचार गरेको आरोपको उजुरीहरू अख्तियारदेखि सार्वजनिक लेखा समितिहरूमा उजुरीको चाङमाथि चाङ खापिँदै गएको छ। तल्लो दर्जाका प्रहरीहरूको जुत्ता, मोजा खाइदिएको आरोप उनीमाथि लागेको छ। करोडौँ करोड भ्रष्टाचार गरेको आरोप उनीमाथि लागेको छ।’

यो सरकार कार्कीलाई बर्खास्त किन गरिरहेको छैन ? भन्दै प्रश्न गरे। उनले थपे, ‘उनीमाथि छानबिन किन भइरहेको छैन ? के कारणले उनलाई बचाइराखिएको छरु म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। कहिले पनि बाबुलाई छोरीको, पुलिसलाई चोरीको आरोप गम्भीर हुन्छ। यो ’boutमा सचेत हुनुपर्छ।’

तपाइको प्रतिक्रिया
(Visited 18 times, 1 visits today)

epaper

ताजा समाचार

महाधिवेशन स्थगित गरेर वार्ता थाल्न कांग्रेसका २४ नेताको आग्रह