ओली हटाउने एजेन्डामा गुन्डुमै बैठक जारी

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली जुन घरमा बस्छन्, त्यही घरमा उनलाई पार्टी नेतृत्वबाट हटाउने एजेन्डामा पटक पटक छलफल हुनेको छ। त्यो बैठक आज बिहीबार पनि जारी छ । यसलाई आन्तरिक लोकतन्त्रको रोचक पक्ष मानिएको छ ।

उपाध्यक्ष रामबहादुर थापा बादल, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, नेताहरु प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, भानुभक्त ढकाल, विष्णु रिमाललगायत बैठकमा सहभागी छन् । ओलीसँग निकट रहेका उपाध्यक्ष थापाले यसअघि गुन्डुमा बैठक राख्न प्रस्ताव गर्दा केही नेताहरु मानेका थिएनन् ।

ओलीको स्वास्थ्यलगायत कारण देखाएर उनीहरु फेरि गुन्डु पुगेका छन् । अध्यक्ष ओलीले पार्टी पुनर्गठनका लगभग सबैजसो एजेन्डामा सहमति जनाउने संकेत गरे पनि नेतृत्व नछाड्ने स्पष्ट लाइनमा रहेको एमाले बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।

यसअघि एमाले कार्यदलको प्रतिवेदनमा केही समस्या देखाउँदै त्यसलाई हल गर्न सम्पादन समिति निर्माण गरिए पनि नेताहरुबीच कुरा मिल्न सकेको थिएन । उपाध्यक्ष थापा उक्त कार्यदलका संयोजक छन् । ओलीसँग लामै निकटतामा रहेका महासचिव शंकर पोखरेलचाहिँ सदस्य सचिव ।

प्रतिवेदन लेख्ने जिम्मा पाएका पोखरेलले प्रतिवेदनका निष्कर्षलाई लिएर अडान नछाडेपछि कार्यदलमा एकमत बनेको थिएन । थापाले पोखरेलको प्रतिवेदन फिर्ता लिएर जानुपर्ने प्रस्ताव राखे पनि अरु नेताले समेत त्यसलाई मानेका थिएनन् ।

गुन्डुमा अध्यक्ष ओलीसँग केही चरण छलफलपछि उपाध्यक्ष विष्णु पौडेल गलेका छन् । उनी ओलीलाई निरन्तर अध्यक्ष मानेर जान नरम देखिएका छन् । पार्टीभित्र पुनर्गठनको धार बलियो बने पनि अध्यक्ष ओली त्यसलाई मान्न तयार छैनन् । यस्तो अवस्थामा असोज ५ देखि ७ सम्म केन्द्रीय कमिटी बैठकमा कसरी जाने भन्ने छलफल गुन्डुमा चलिरहेको छ । केन्द्रीय कमिटी बैठकभन्दा अघि कार्यदलको प्रतिवेदन’bout नेतृत्वभित्र एकमत बनाउने कोसिस जारी छ ।

बल्थलीमा तीन दिन आवासीय बैठक बसेर प्रतिवेदनमाथिका विवाद तथा मतभेद टुंग्याउन खोजिएको थियो । ओली हटाउने पक्षमा महासचिव पोखरेलसहित उपाध्यक्ष गोकर्ण विष्ट, रघुजी पन्त उपमहासचिव योगेश भट्टराई, रघुवीर महासेठ, सचिव खगराज अधिकारी, छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की लगायत छन् ।

उपाध्यक्ष थापा, सचिव शेरधन राई र महेश बस्नेत ओलीको बचाउमा स्पष्ट उभिएका छन् । अब उनलाई विष्णु पौडेलले साथ दिने बुझिएको छ । अध्यक्ष ओलीले केन्द्रीय कमिटीभित्र बहुमत रहेको आशंका देखिएकाले बैठक सार्न सकिने सम्भावना छ ।

तपाइको प्रतिक्रिया
(Visited 89 times, 1 visits today)

epaper

ताजा समाचार

कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन